मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सकियो धडकन भित्र

फिल्मीखबर, काठमाण्डौ, 2012/02/28

एउटा गायकको जीवन संघर्षलाई चित्रण गरिएको चलचित्र 'धडकन भित्र' को छायाँकन सकिएको छ । गत माघ १५ गते शुरू गरिएको सो चलचित्रको छायाँकन बिचमा केहि ब्रेक भई २७ औं दिनका दिन आईतवार इन्डक्ल्याप गरियो ।

 

गायन क्षेत्रलाई आफ्नो मुख्य पेशा बनाएका गायक प्रशान्त तामाङको जीवनीलाई केहि हदसम्म छोएको चलचित्र 'धडकन भित्र' मा राजेश हमाल, ऋचा सिंह ठकुरी, रामकेशर बोगटी, नारायण त्रिपाठी, लभ्लीको मुख्य भुमिका रहेको छ । चलचित्रमा मुख्य चरित्रमा देखिएका प्रशान्त गायककै भुमिकामा प्रस्तुत भएका छन् । उनलाई अनस्क्रिन जोडीको रूपमा नायिका ठकुरीले साथ दिएकी छिन् ।

 

२१ औं चलचित्रको रूपमा मदन घिमिरेले यस चलचित्रलाई निर्देशन गरेका हुन् भने रत्न देउला, क्यानन श्रेष्ठ, संजिब खत्री चलचित्रका निर्माता हुन् । काठमाण्डौ आसपासका क्षेत्रमा सुटिङ गरिएको सो चलचित्रमा बसन्त सापकोटाको संगीत रहेको छ । कलाकारलाई क्यामरामा कैद गर्ने काम शम्भु सापकोटाले गरे भने पटकथा र संवाद शिबम अधिकारीले लेखेका हुन् ।

 

चलचित्रको सुटिङ सकेर हाल काठमान्डौमा नै आराम गरिरहेका नायक प्रशान्त तामाङ केहि दिनमा प्रहरीको जागिर खान कलकत्ता जानेछन् । इन्डियन आईडल बनेपछि एकाएक चर्चामा आएका भारतिय मुलका यि नेपालीले अभिनय गरेको यो चौंथो नेपाली चलचित्र हो । यसअघि उनले अभिनय गरेका चलचित्र गोर्खा पल्टन, किन मायामा र अंगालो यो मायाको प्रदर्शनमा आईसकेका छन् ।

तस्विर सौजन्य : सुशिल पौडेल