Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदर्शनका लागि दुलही रानी तयार

फिल्मीखबर, काठमाण्डौ, 2012/02/28

चैत्र १७ गतेका लागि रिलिज डेट तोकिएको शोभित बस्नेत निर्देशित सिनेमा दुलही रानी प्रदर्शनका लागि पूर्ण रूपमा तयार भएको छ । सोमबार साँझ  सिनेमाको सेन्सरबाट यू सर्टिफिकेट हातमा लिएपछी निर्देशक बस्नेतले भने, 'बल्ल सवै काम सकियो अब रिलिजको मात्र ह्याड्याक ।'

 

यो बर्षमात्र तीन वटा सिनेमा निर्देशन गरिसकेका मेसिन निर्देशक बस्नेतले दुलही रानीको रिलिज लगत्तै नयाँ सिनेमा 'जाऊ हिड पोखरा' को पनि सुटिङ सुरू गर्ने बताए । उनले भने, 'यो बर्ष मेरो सिनेमाको संख्या चार पुग्ने पूर्व घोषणा अनुरूप 'जाउ हिड पोखरा' को काम पनि सुरू गरिहाल्छु ।' शोभितले बरदान र प्लानको सम्पूर्ण पोष्टप्रोडक्सन थन्क्याएर दुलही रानी बनाएका हुन् जुन सिनेमाको छायाकंन सुदुर पश्चिमका केही जिल्ला सहित भारतको नैनिताल, दिल्ली गेट, मेट्रो ट्रेनमा समेत गरिएको छ  ।
 

प्लान मार्फत हिरोईनमा डेब्यू राजेन्द्र खड्गीको छोरी रागिनी मुख्य भूमिकामा छिन् । सिनेमामा जयकिशन बस्नेत मुख्य चरित्र भूमिकामा छन् भने मुकेश आचार्य, मौसमी मल्ल, रविन्द्र खड्का पनि प्रमुख  कलाकार हुन् ।

 

दुलही रानीका गीत सुन्न यहाँ क्लिक गर्नुहोला !
http://www.filmykhabar.com/index.php?page=songs