
चैत्र २० गते प्रदर्शन हुने भनिएको चलचित्र 'विरासत' को गीतलाई फिल्मीखबरले प्रिमियर गरेको छ । गोबिन्द गौतमको शब्द तथा बिपिन आचार्यको संगीतमा राजेश पायल राई र माण्डवी त्रिपाठीको स्वर रहेको सो प्रिमियर गीतमा नायिका सोनिया केसी र नवनायक जिके शर्माले अनस्क्रिन रोमान्स गरेका छन् ।
गीतमा भारतको प्रसिद्द स्थान नैनीतालको साथमा नेपालको सुदूर पश्चिमको रमणिय स्थानलाई समेटिएको छ । ति रमणिय स्थानमा कलाकारलाई नचाउने काम बब्बु थापाले गरेका हुन् । नायिका सोनिया केसीलाई पहिलो पटक सोलो एक्सन नायिकाको रूपमा प्रस्तुत गरिएको चलचित्र 'विरासत' लाई रिमेश अधिकारीले निर्माण गरेका हुन् । चलचित्रका भुवन केसी, सिर्जना बस्नेत, सुभेच्छा थापा, सुभद्रा अधिकारी, पुष्कर भट्ट, उमेश मायालु, सुन्दर श्रेष्ठको साथमा नवप्रस्तुतीको रूपमा जिके शर्मा र समर थापाले अभिनय गरेका छन् ।
खानदानको अर्थ बोकेको चलचित्र विरासतले छोरा छोरीको भेदभाव र अभिभावकको स्नेहबाट बञ्चित छोराछोरीको मनोभावलाई दर्शाउन खोजेको बताईएको छ । अरुको प्रोडक्सनमा नदेखिएका नायक भुवन केसी खानदानी बाबुको भुमिकामा छन् भने नायिका बस्नेत भुवनको अर्धाङ्गिनी बनेकी छिन् । चलचित्रको कथा निर्देशक गौतमले नै लेखेका हुन् ।
जम्मा दुई वटा गीत समावेश सो चलचित्रमा बिपिन आचार्यको संगीत, डा कृष्णहरि बराल र गोबिन्द गौतमको शब्द रहेको छ भने शिब परियारले पनि एउटा गीतमा स्वर दिएका छन् । चलचित्रलाई रामेश्वर कार्कीले खिचेका हुन् भने एक्सन डिरेक्टर जनक गुरूङ हुन् । चलचित्रका दुई वटै अडियो गीत फिल्मीखबरमा सुन्न सकिने छ ।