
बदलिंदो समय अनुरूप आफूलाई बदल्दै केही कलाकारहरूले निजि वेभसाईट सञ्चालनमा ल्याएका छन् । यध्यपी आफूलाई बदल्दै उनीहरूले वेभसाईट सञ्चालनमा ल्याए पनि पर्याप्त विवरणको अभवा देखिदा वेभसाईट रहर मात्र रहेको देखिएको छ ।
तीन बर्षअघि अभिनेत्री झरना बज्राचार्यले आफ्नो वेभसाईट http://www.jharnabajracharya.com.np/ सञ्चालनमा ल्याएकी हुन् तर उनको वेभसाईट त्यति अपडेट छैन । सुस्तगतिमा आफ्ना आर्टिकल अपडेट गर्ने झरनाले गत डिसेम्बर महिना पछी वेभसाईटलाई अपडेट गराएको देखिदैन । यस्तै अभिनेता सुनिल थापाको पनि वेभसाईट थियो तर अहिले सञ्चालनमा छैन ।
राजबल्लभ कोईराला जो नेपालमा फेसबुक भित्रदा सवैभन्दा छिटो फेसबुक एकाउन्ट प्रयोग गर्ने सिने कलाकार हुन् जसको पर्सनल वेभसाईट पनि छ तर पनि पर्याप्त जानकारी राखिएको पाईदैन । नयाँ पुस्ताका यि पोखरेली अभिनेताले आफ्नो वेभसाईट http://www.rajballavkoirala.com मा पछिल्लो चलचित्र हाईवे टू धम्पुसको बारे एक अक्षरमा लेख्न भ्याएका छन् भने आफू अभिनित दुई दर्जन चलचित्र मध्ये सिमित चलचित्रको बारेमा मात्र उनलेवेभसाईट मा प्रत्यक्ष ब्याख्या गरेका छन् । बल्लभले मसान, स्वर, हाँसि देऊ एकफेर र हे युवाको बारेमा अपडेट गरेका छन् । फेसबुक, टिवटर लगायतका समाजिक सञ्जाल लिकं समेत राखेर तयार गरिएको उनको वेभसाईट कमर्सियल जस्तो पनि देखिएको छ ।
यस्तै अभिनेता एवं निर्देशक दिनेश डिसीको पनि http://www.dcdinesh.com वेभसाईट सञ्चालनमा छ । वेभसाईटबाट डिसीका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ । डिसीले आफूद्धारा निर्देशित तथा अभिनय गरेका टिभी शोका एपिसोड सहित अभिनय गरेका सिनेमा, पाएका अवार्ड र भ्रमण गरेका देश सहितका विबरण राखेका छन् । तर पनि सुमन दाहाल निर्देशित मन परेपछी भन्ने सिनेमापछी खेलेका अन्य सिनेमाका बारेमा उनले वेभसाईटमा अपडेट गराएका छैनन् । डिसीले त नागरिकता र पासपोर्टको नम्बर, लाईसन्स भ्यालिड मिति तथा आफ्नो ब्लड ग्रुप समेत यो भनी अपडेट गराएका छन् । यस्तै डिसीले आफ्नो वेभसाईटमा पाईपलाईन प्रोजेक्टका म्यूजिक एल्बम, मायाज बार, फुलैफुलको मौसम तिमीलाई र नोबेल सिता सिनेमाको तयारी समेत अपडेट गरेका छन् । जस मध्ये मायाज बार सुरू भैसकेको छ ।
वेभसाईटको प्रसङ्गमा राजेश पायल राईकोको नाम पनि जोडिन्छ । राजेश पायलले पनि आफ्ना गतिविधिका बारेमा http://www.rajeshpayalrai.com वेभसाईटमा अपडेट गराए पनि उनको बिषयमा पर्याप्त जानकारी त्यहाँ पाईदैन यध्यपी उनको वेभसाईट आकर्षक छ । आफ्नो साईटमा राईले दश कोलममा सेगमेन्ट छुट्याएर वेभसाईटमा उत्कृष्ट बनाएका छन् । यसैगरी हरिबशं आचार्य र मदनकृष्ण श्रेष्ठको अफिसियल वेभसाईट http://www.ourmahasanchar.com सञ्चालनमा छ । तर पुराना सामाग्रीलाई जसरी आकर्षित तरिकाले राखिएको छ नयाँ साम्रगी महको उक्त वेभसाईटमा छैन ।
डेढ बर्ष अघि कसले चोर्यो मेरो मन रिलिजको समयमा अभिनेत्री रेखा थापाले आफ्नो फिल्मको हरेक पोष्टरमा http://www.rekhathapa.me भनी प्रचार गरेकी थिईन् तर उनको प्रचार यथार्थमा अझै परिणत हुन सकेको छैन । यस्तै नायक निखिल उप्रेतीको पनि nikhiluprety.ezine.com.np नामको वेभसाईट सञ्चालममा छ तर अपडेट छैन । नायिका ऋचा घिमिरेको पनि http://richaghimire.com वेभ सञ्चालनमा छ तर पूर्ण अपडेट भने छैन ।
यस्तै केही कलाकारहरूको ब्यक्तिगत नाममा ब्लग र वेभसाईट सञ्चालनमा आएका पनि छन् तर ति सम्बन्धित कलाकार आफैं आफ्ना नामका ति वेभबाट अनभिज्ञ छन् । अभिनेत्री करिश्मा मान्नधरको नामबाट सञ्चालन भएको ब्लगको बिषयमा स्वयम उनी जानकार छैनन् । यध्यपी उक्त ब्लगमा करिश्माका विगत देखि बर्तमान गतिविधिलाई समेट्ने प्रयास गरिएको छ । तर महानायकको पगरी गुथेका राजेश हमालको भने आफ्नै व्यक्तिगत वेभसाईट छैन । उनले धेरै समय अगाडी देखि बनाउँछु भन्दै पनि आएका हुन् तर अहिले सम्म बनाउन सकेका छैनन् ।