मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिमसार क्षेत्रमा महानायकले हनिमुन मनाउने

युबराज निरौला/बिरोध पोखरेल, दमक, 2012/02/26

'शंकर हो मेरो नाम शंकर' फेरी यो डायलग सुन्न पाए झापाका बासिन्दाले । यो डायलग अरु कोहि नभएर नेपाली सिने जगतका महानायकका रुपमा चिनिएका राजेश हमालले शनिबार झापाको सुरुङ्गामा भइरहेको जामुनवारी बन महोत्सबमा बोलेका थिए ।


धेरै समयको प्रतिक्षालाई चिर्दै महानायक करिब ३ बजे स्टेज उक्लेका थिए । उनले करिब साढे ३ घण्टा महोत्सबमा बिताएका थिए । सम्भवत: यो पहिलो पटक हो यसरि राजेशले लामो समय सम्म कुनै पनि सम्मेलनमा बसेका । करिब ३ वटा डायलग बोलेका राजेशले जमुनबारी महोत्सबमा आफु चाडै बिवाह बन्धनमा बाधिएर हनिमुनको लागि सिमसार क्षेत्रमा आउने घोषणा गरे ।

 

कार्यक्रम अवधि भर भरपुर मनोरन्जन दिएका राजेशको विल्सन विक्रम राई (तक्मे बुढा) ले क्यारिकेचर गरेका थिए । सुरुमा अलिक अप्ठ्यारो मानेका राईले हमालको अनुमति पाए पछि उनको हुबहु क्यारिकेचर गरेका थिए जुन दर्शकले औधी मन पराएका थिए । कार्यक्रममा छमछमी बिजेता साजन तामाङले पनि दर्शकलाई मज्जाले मनोरञ्जित बनाए । कार्यक्रममा राजेशले साजनलाई समेत साथ दिएका थिए ।


बन समिति र सुरुङ्गा जेसिसले हमाललाई संयुत रुपमा फुलमाला सहित खादा ओढाएर सम्मान गरेको थियो । झापामा रहेको धार्मिक स्थल लगायत  पर्यटकीय स्थलमा समेत घुम्न भ्याएका हमालले आईतवार बिहान दमकमा रहेको पाथीभरा एफएममा अन्तर्वार्ता दिएर सिधै आईतवार नै काठमाडौँ फर्किए ।