Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हनिमुनमा मज्जा आएन निरजलाई

फिल्मीखबर, काठमाण्डौ, 2012/02/26

ब्यस्तताको बाबजुत मौका मिलेको फुर्सदको समयमा अर्धाङगीनिको फुर्सद नमिल्दा पतिदेवलाई पक्कै पनि पिडा हुन्छ होला जुन पिडाबाट मुक्त हुदै रोमान्स गर्ने योजना बनाएका नयाँ दुलाहा उर्फ अभिनेता निरज बराल बिजी श्रीमतीका कारण पर्याप्त रोमान्सबाट बंचित भएका छन् ।


बिहे गरेको चार महिना पश्चात एयर होस्टेस श्रीमतीका साथ थाईल्याण्डको फुकेट बिचमा रमाउन पुगेका निरजलाई समयको अभावले सोचे जति माईन्ड फ्रेस गराउन सकेन । एकातर्फ बहिनीको बिहे अर्को तर्फ बिजी एयरहोस्टेस श्रीमतीका कारण छोटो समयको लिभमा थाईल्याइण्ड रोमान्समा पुगेका निरजले समुद्री किनरमा जति रोमान्स गर्ने प्लान बनाएका थिए त्यो भने अपुरो नै रह्यो । एक हप्ते हनिमुन टूरबाट नेपाल फर्किएका निरजले फिल्मीखबरसंको कुराकानीमा भने, 'बिहे त गरियो तर हनिमुन अलि मजाले मनाउन पाईन । जसकारण छोटो समयको त्यो यात्राको सि लाईफ र सि फूडले अझै मन भरिएको छैन ।'

झापा भद्रपुरका निरजले शनिश्चरेकी निवेधितालाई गत मंसिरको पहिलो साता आफ्नो लाईफको हिरोईन बनाएका हुन् ।  'बिहेको समयमा थ्री लभर्सको सुटिङले मैले उनलाई टाईम दिन पाईन तर थ्री लभर्सको सुटिङ समय पछीको मेरो फुर्सदमा उनको फुर्सद भएन त्यसैले लाईफको फष्ट हनिमुनमा पर्याप्त ईन्जोय गर्न सकिन', उनले भने ।  

 

कछुवा गतिमा एक पछी अर्को फिल्ममा अनुबन्धीत भैरहेका निरज निर्देशक शिव रेग्मीद्धारा निर्देशित 'फूल' को रिलिज डेट प्रतिक्षामा छन् भने सुरेश दर्पण निर्देशित थ्री लभर्सको डविङलाई लिएर पनि आतुर बनेका छन् । छोटो समयको हनिमुनबाट फुर्सद भएछ के छ त नयाँ प्रोजेक्ट भन्ने प्रश्नमा निरज भन्छन्, 'दुई वटा मुभिको कुरा भैराछ त्यसैले एग्रीमेन्ट पश्चात मात्र कस्तो प्रोजेक्ट हो भन्छु तर यति हो कि फष्ट प्रोजेक्ट विल्कुलै नयाँ टिमको हो ।'

 

 

हनिमुनका  केहि तस्बिरहरु