
खुम्चिएको अवस्थामा रहेको नेपाली सिनेमाको बजार अब ओभरसिज मार्केट तर्फ लम्किन थालेको छ । ब्यक्तिगत रूपमा निर्माताहरूले विदेशी भूमिमा सिनेमा प्रदर्शन गर्न चासो देखाएपनि सिनेमासंग सम्बन्धीत संघसंस्थाहरूले पर्याप्त चासो नदेखाउदा सिनेमाको ओभरसिज मार्केटको कल्चर ब्यवस्थित कहिले होला भन्ने चिन्ता पनि त्यतिकै छ ।
बजेट ठूलो तर सिनेमाको बजार साघुरो भईरहेको अवस्थामा सम्बन्धीत चलचित्रका निर्माताहरूले लगानी उठाउन ओभरसिज मार्केट तर्फ रूची देखाए पनि चलचित्रसंग सम्बन्धीत संघसंस्थाले पर्याप्त चासो नदेखाउदा निर्माताहरू आफ्नो एकल प्रयासले ओभरसिज मार्केटमा सिनेमा देखाउन बाध्य हुनु परेको अवस्था छ । मेघा बजेटका सिनेमा तर साघुरो मार्केट र त्यस माथि हिन्दी सिनेमाको चपेटामा पर्ने हाम्रा सिनेमाले पछिल्लो समय विदेशी भूमिमा पनि प्रदर्शन हुने मौका पाईरहेका छन् ।
स्वदेश जोखिम मोल्नु अघि विदेशी फ्लोरबाट सिनेमा प्रदर्शनमा आएका उदाहरण पछिल्लो समय धेरै नै छन् । गत माघ २० गते रिलिज भएको सिनेमा काठमाण्डूले पनि नेपाल रिलिज अघि सिनेमाको विशेष प्रदर्शन अमेरिकामा लगायतका विभिन्न मूलुकमा गरेको थियो जहाँबाट प्रोड्यूसर सेभ हुने सम्भावना प्रवल भैदिदा ओभरसिज मार्केटमा नेपाली सिनेमा रिलिजको क्रममले पछिल्लो समय तिब्रता पाएको हो । यसैगरी काठमाण्डूसंगै रिलिज भएको सिनेमा छविलाल कन्जुस छैनले पनि स्वेदश स्क्रिनिङ अघि यूएईमा आफ्नो फष्ट स्क्रिनिङ गरेको थियो जहाँबाट सो चलचित्रका निर्माताले केही राहत पाएका थिए ।
स्वदेश रिलिजबाट मात्र निर्माता सेभ हुदैनन् भनिएको हैन तर पारदर्शी वितरण प्रणाली र शेयर बाडफाडमा मोनोपोली भैदिदा फिल्म हिट भएर पनि निर्माताको गोजी रित्तिएको प्रशस्त उदाहरण छन् । हुन त विदेशी भूमिमा नेपाली सिनेमा धेरै बर्ष अघि पुगिसकेका छन् तर कमर्सियल रूपमा ज्यादा हिट भएको भूवन केसीको सिनेमा करोडपति नम्बर वानमा आउछ । करोडपति कमर्सियल रूपमा अमेरिकामा शो हुदा भुवनको गोजी मज्जाले भरिएको थियो । र, यहि सिनेमाले विदेशी भूमिबाट पनि पैसा कमाउन सकिन्छ है भन्ने उदाहरण पेश गरेको थियो । भूवनको करोडपति अघि विनोद मानन्धरले आफ्नो सिनेमा कस्तुरीलाई ईङग्ल्याण्डमा शो गरेका थिए तर कस्तुरीले अपेछित कलेक्सन विदेशी भूमिबाट बटुल्न सकेन ।
तीन दशक अघि बनेको कुमारी, सिन्दुर तथा जिवनरेखा मस्को फिल्म फेस्टिवल र उज्वेकिस्तानको टास्कन फिल्म फेष्टिवलमा नदेखाईएका पनि हैनन् तर उक्त सहभागिता कमर्सियल रूपमा भने थिएन । स्वेदश रिलिज अघि विदेशमा रिलिजको लिष्टमा देवयानी, त्यसैगरी गत बर्ष हिट भएको सिनेमा नाई नभन्नु ल, म तिम्रो भैसके, विरताको चिनो पनि पर्छन् । यसैगरी स्वेशमा रिलिज नभएको सिनेमा प्लान लिएर अभिनेता मुकेश ढकाल गत शुक्रबार थाईल्याण्ड पुगिसकेका छन् । रिलिज लिष्ट केलाउदा २०६८ मा सर्वप्रथप रिलिज भएको दशगजा पनि अहिले विदेशी भूमिको मार्केटबाट गोजी तताउने कार्यक्रमा ब्यस्त छ । दशगजा लिएर त्यसका निर्माता नवल खड्का यूरोपका विभिन्न मुलुक हुदै अहिले खाडी राष्ट्र कतारमा सिनेमा प्रदर्शनमा ब्यस्त छन् ।
यस्तै कतारमै भखैरै मात्र रिलिज भएको मिस यूको शो भैदिदा अहिले कतारमा नेपाली सिनेमाको डिमान्ड ज्यादा भएको पाईएको छ र सवैभन्दा बढी सिनेमाको डिमान्ड हुने मुलुक कतार भनी अग्रपङिक्तमा देखिन थालेको छ । तर सिनेमाको अन्र्तराष्ट्रिय बजार खोज्ने यो कार्यमा चलचित्रसंग सम्बन्धीत संघसंस्थाले पर्याप्च चासो नदेखाउदा निर्माताहरूले एकल प्रयासमा आफ्नो सिनेमालाई विदेशी भूमिमा देखाउनु पर्ने बाध्यताले लगानीको पूर्ण प्रतिफल उनीहरूले अझै पाउन सकेका छैनन् । तसर्थ ओभरसिज मार्केटमा सिनेमाको डिमान्ड भैरहेको यो अवस्थामा सम्पूर्ण चलचित्रकर्मी एक जुट हुदै ओभरसिज मार्केटको विस्तार र ब्यवस्थित गर्न जरूरी देखिन्छ ।