मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युनाले मुख खोलिन्

फिल्मीखबर, काठमाण्डौ, 2012/02/24

नायिका युना उप्रेतीले आफ्नो बारेमा छापिएको समाचार सरासर गलत भएको भन्दै त्यसको खण्डन गरेकी छिन् । लामो समय पछि फेसबुक अकाउण्ट चलाएकी युनाले वालमा लेखेकी छिन् - 'नेपाल लगायत अन्य देशबाट प्रकाशित पत्र-पत्रिकामा मेरो विषयमा बिभिन्न भ्रामक समाचार छापिएकोमा ती पत्र-पत्रिकामा प्रकाशित समाचारमा कुनै सत्यता नभएको जानकारी गराउद्छु | म हाल अमेरिकाको बिभिन्न शहरमा कार्यक्रमको सिलसिलामा ब्यस्त रहेको र कुनै पनि पत्रिकाले प्रत्यक्ष म संग संबाद नगरी समाचार प्रकाशन नगरी दिन हुन अनुरोध गर्दछु | धन्यवाद ||'

 

नायिका युनाले नेपालका नायिकाहरू चलचित्रमा काम पाउनका लागि निर्माता निर्देशकको बेड तताउनु पर्छ भन्ने कुरा बताएको भन्दै केहि पत्रपत्रिकाले समाचार प्रकाशित गरेका थिए । सो समाचार आए लगत्तै नेपालका नायिकाहरू युना प्रति क्रुद्द भएका थिए भने मिडिया पनि युना प्रति आश्चर्य चकितमा परेको थियो । तर युनाले आफूले सो कुरा नभनेको स्पष्ट पारेकी छिन् ।

 

बिभिन्न कार्यक्रममा सहभागी हुन अमेरिका रहेकी युनाले आफ्नो मात्र नभई सम्पूर्ण चलचित्र उद्धोगको समेत बेईज्जत भएकोले उनले यस्तो गलत समाचार सम्प्रेशण नगरिदिन मिडिया समक्ष अनुरोध पनि गरेकी छिन् । यस्तै युना अमेरिका लुक्दै छिन् भन्ने समाचार पनि पूर्ण नभएको युना निकट स्रोत बताउँछ । स्रोतका अनुसार युना केहि बर्ष अमेरिकामा रहेर अध्ययन गर्ने सुरमा छिन् । लिगल रूपमा अमेरिका बस्न पाए पढाई सकेर नेपाल आउने नत्र केहि समय पछि नेपाल फर्कने योजनामा युना छिन् ।

 

यता अमेरिका पुगेको युनाको टोलीलाई अमेरिकी राजदुतावासले रिपोर्ट गर्दिएको छ । कलाकारहरू लुक्ने सुरमा रहेको खबर पाए पछि दुतावासले रिपोर्ट गरेको हो । यसरी रिपोर्ट परेपछि केहि दिनका लागि नेपाल आएका सोही टिमका लिडर कलाकार निर्मल शर्मालाई राजदुतावासले तत्कालका लागि अमेरिकाको भिसा क्यान्सिल समेत गरिदिएको छ । निर्मल अब केहि समयका लागि अमेरिका जान पाउने छैनन् ।