मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाले बोल्न नजाने पछि...

फिल्मीखबर, काठमाण्डौ, 2012/02/23

हाड विनाको जिब्रो कहिलेकाहीं लडबडाउछ तर त्यो लडबडाईमा अरु कसैले सजग गराई दिंदा धन्यवाद दिनुको साटो उल्टै जंगिदा उक्त मानिसलाई कसरी हेर्ने ?

 

सायद रेखाको आजकाल ग्रहदशा ठिक छैन होला त्यसैले पनि यिनी आजकाल विभिन्न कन्ट्रोभर्सीमा फसिरहेकी छिन् । पति छवि ओझासंग डिभोर्स हुँदैछ भन्ने खबर सेलाउन नपाउदै रेखाको अर्को चर्चा योग्य कुरा बाहिर आएको छ । रेखालाई बोल्न आउदैन । अतः भनौ रेखाको मन आजकाल ठीक ठाउँमा छैन त्यसैले 'साथी म तिम्रो' को म्यूजिक लन्चमा जव उनी बोल्न भनेर पोडियममा पुगिन् तव उनले भुवन केसीको तारिफ मुक्त कण्ठले गरिन् । 

 

सुरुमा रेखाले भुवन केसीलाई महानायक भनी सम्बोधन गरिन् । राजेश हमाललाई दिएको महानायकको पद उनलाई मन पर्दैन त्यसैले भुवन केसीको योगदान सिनेमा उद्योगमा धेरै छ भन्दै उनले भुवनलाई महानायकको पद दिदै भुवनको काम र फिल्मी ब्यबहारको खुलेरै तारिफ गरिन् । तारिफको रफ्तार बढ्ने क्रममै उनको जिब्रो यसरी चिप्लीयो कि उनले भुवन केसीले यो क्षेत्रमा धेरै शताब्दी विताईसक्नु भयो भन्दा हलमा केहि सञ्चारकर्मीहरू हाँस्न थाले ।

 

आफू बोलीरहेको बेला सञ्चारकर्मीहरू हाँसिदिंदा रेखालाई रिस उठेछ क्यारे हल्का रिस देखाउँदै भनिन्, 'तपाईहरु चुप लागेर बसिदिनुस मन पर्दैन भने यू क्यान गो आउट ।' यति भन्न नपाई सञ्चारकर्मी तथा कलाकार सन्दिप सापकोटाले शब्द गलत भएको भन्दै सुधार्न आग्रह गरे । रेखाले पहिला त थ्यान्क्यू भनिन् तर रिस भने रोकिएन ।

 

रेखाले बोल्ने क्रममा यस्तो भनेकी थिईन्, 'भुवन केसीलाई म महानानायक भन्न रुचाउछु किनकी यो क्षेत्रमा उहाँले धेरै शताब्दी विताईसक्नु भएको छ । उहाँसंग काम गर्न पाउनु मेरो अहोभाग्य हो ।' ४७ बर्षे सिनेमा उद्योगमा भुवनको योगदान तीन दशक मात्र हो तर उनले सयौं बर्षको योगदान छ भनी तारिफ गर्दा सो बिषयले कार्यक्रम माहोलमा केही बेर तनाव उत्पन्न भएको थियो ।

 

रेखाले शताब्दी र दशक छुट्याउन नजान्दा उनले बोलेको बिषयमा विवाद भएको हो । रेखा जस्तो नायिकाले उक्त बिषयलाई गल्ती भयो भनी स्वीकार गरेको भए विवादको कुरा हुदैन थियो तर विवाद प्रसङ्गमा रेखा थप आक्रोसित भैदिदा सानो बिषयले अर्के मोड लिदा रेखालाई बोल्न आउदैन रहेछ भन्ने बहस कार्यक्रम अवधिभर चलेको थियो । हाड नभएको जिब्रो चिप्लिएपछि राम्रो हुन खोज्दा खोज्दै पनि नराम्रो हुनुको पिडा रेखालाई बोध पक्कै भएको छ । त्यसैले रेखा जि अब बिचार पुर्‍याउनुस् है !