मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छोरालाई हिरो बनाएर आफू निर्देशक बन्ने भुवनको घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2012/02/23

फागुन १९ गतेदेखि 'साथी म तिम्रो' रिलिज हुदैछ । जहाँ भुवन केसीका छोरा अनमोलले एउटा गीतमा केमियो भूमिका निर्वाह गरेका छन् । प्लस टू अध्ययनरत १७ बर्षे अनमोललाई भुवनले हिरो बनाउने सोच पहिला देखि नै बनाएका थिए जसका लागि उनले बर्षौं कुर्नु पर्‍यो सायद त्यहि भएर होला भुवनको प्रतिक्षाको घडी अब समाप्त भएको छ र आफ्नो सपना छोरो अनमोलले पुरा गर्दैछ ।


बिहिबार 'साथी म तिम्रो' को म्यूजिक लन्चमा भूवनले छोरा अनमोललाई साथी म तिम्रोमा केमियो गराउनुको रहस्य खोल्दै भने, 'अनमोललाई हिरो बनाउने उद्देश्य अनुरुप यो सिनेमामा अनस्क्रिन छोटो भूमिकामा डेब्यू गराएको हुँ आगामी मेरा प्रोजेक्टमा अनमोललाई म हिरो बनाउने छु र सो सिनेमालाई म आफै निर्देशन गर्ने सोच बनाएको छु ।' सम्भवत एक बर्ष पश्चात निर्देशकको ट्याग सहित भुवनले सिनेमा निर्देशन गर्ने संकेत गरेका छन् ।


फिल्मीखबरसंग छुट्टै कुरा गर्दै अनमोलले आफ्नो पनि सानै देखि फिल्म खेल्ने ईच्छा रहेको तर पर्फेक्ट नहुदा बल्ल समय आएको भन्दै फिल्म खेल्न ईच्छुक रहेको बताए । यध्यपी प्लस टूको पढाई सक्न उनलाई अझ एक बर्ष लाग्ने हुदा यो समयावधिभर हिरोका लागि हुन पर्ने सम्पूर्ण गुण सहित आफु सिनेमा मार्केटमा आउने अनमोलले बताए । अनमॊलले भने, 'लुक्सको हिसावमा सवैले राम्रो भनिरहनु भएको छ त्यसैले फाईट र डान्समा पनि पर्फैक्ट भएर म आउने छु ।'  कार्यक्रममा संगीतकार चेतन सापकोटाको ७ बर्षे छोरा शिर्षक प्रमुख अतिथि हुदै म्यूजिक लन्च गरिएको थियो ।


शिर्षक 'साथी म तिम्रो' को प्रमुख कलाकार हुन् । साथमा अभिनेत्री रेखा थापा, भुवन, अनमोल र बरिष्ठ पत्रकार बिजय रत्न तुलाधारले म्यूजिक सिडी लन्च गरेका थिए । कार्यक्रममा साथी म तिम्रोको नयाँ प्रोमो पनि देखाईयो । यस्तै सिनेमामा सिनेमा भित्रको कथा समेटिएको उक्त चलचित्रमा हस्ती कलाकारहरुको केमियो सट पनि प्रोमोमा देखाईएको थियो ।

 

शिव श्रेष्ठ, राजबल्लभ कोईराला, निरज बराल, उषा पौडेलका दृश्यले फिल्ममा राम्रै खुराक रहेको पनि आकलन काटिएको छ । काजोल फिल्मसको पाँचौ प्रस्तुती उक्त सिनेमालाई शिव रेग्मीले निर्देशन गरेका हुन् जहाँ ऋचा घिमिरे पनि छिन् ।



निर्देशक रेग्मी पितृशोकमा गृहनगर चितवनमा रहेका कारण उनी उपस्थित हुन सकेन
न् भने प्रेगनेन्ट अवस्थामा रहेकी ऋचाको पनि उपस्थिति थिएन । कार्यक्रममा रेखाले हरेक दृष्टीकोणबाट सिनेमा उत्कृष्ट रहेको दावी गरिन् । रेखाले   विशेष गरी सिनेमा सुटिङ गर्दा पाँच बर्षको उमेरका बालक शिर्षकको अभिनयबाट आफु नतमष्तक रहेको बताईन् ।