मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चुम्बन र बेडसिनले भरिएको सिनेमा प्याकअप

फिल्मीखबर, काठमाण्डौ, 2012/02/22

 

पुरूषलाई नै बेष्या बनाएर पलपलमा बनाएका निर्देशक उकेश दाहालले यो पटक किन -किन भन्ने सिनेमा बनाए । महिनौ अघि छायाकंन सुरू गरिएको उक्त सिनेमामा पक्कै पनि उकेशले सेक्सका नयाँ टेष्ट समावेश गरे भन्नै चौतर्फी चर्चा चलेको थियो । 
 
जस अनुरूप अघिल्लो सिनेमामा पुरूषलाई बेष्याबनाएर दर्शकलाई हल सम्म तानेका उकेशले यो पटक एउटा त्यस्तो पात्र खडा गरे जसले सिनेमा न्यूड सिन दिएको हल्ला फैलाईएको  छ। अरूणिमा जो उकेशकी नयाँ हिरोईन हुन जसले किन किनमा दिनु सम्मको हट  बेड सिन दिएकी छिन् रे अनि त्यो हट बेड सिनमा महानायक राजेश हमालले रोमान्स लुटेका छन् । तर यो कुरामा उकेशले मुख खोलेनन् । उनले भने 'अत्यन्त मिहिनेत गरेर आज बल्ल सुटिङ्ग सकियो जति सक्दो प्रोष्टप्रोडक्सन सक्छु अनि रिलिज डेट घोषणा गर्छु ।  फल्मको स्टोरी चाहि हलमा लागेपछी मात्र थाहा हुन्छ ।'
 
 अरूणिमाको बारेमा उकेशले मिडियालाई केही बताएका छैनन् । यध्यपी सिनेमामा करिश्मा मानन्धर, सुवास थापा, राज तिम्लिसिना र शशि खड्का पनि लिड रोलमा छन् । यस्तै केमियो गर्दै केही हस्ती कलाकारहरूको पनि पर्फेन्स रहेको उकेशले जानकारी गराए । सेक्सका बिषयमा ज्यादा केन्द्रित रहेर सिनेमा निर्देशन गर्ने सोचाईमा रहेका उकेशले गायक राजेशपायल राईलाई पनि केमियो रोल दिदै टङ किस सिन दिन बाध्य बनाएका बताईएको  छ।  
 
'६ महिना अघि साङग्रिला होटलबाट सुरू गरेको सुटिङ्ग होटल शंकरमा आएर सकियो त्यो पनि फष्ट टेक राजेश जीकै र लाष्टपनि उहाँकै ।' सुटिङ्ग प्याकअप पश्चात उकेशले जानकारी गराए । सेक्सको बिषयले सवैको ध्यान केन्दि्रत गर्ने योजना अनुरूप सिनेमाको बारेमा विविध सेक्सी कुरा फैलाएका उकेशले नेपाली परिवेशमा कत्तिको सुहाउने दृश्यहरू कैद गरेका छन् त्यो भने चासोको बिषय बनेको छ ।