जब - जब बिहेको महिना मंसिर लाग्छ, अनि माघ र त्यसपछी भ्यालेन्र्टाईन्स डे आउदा तपाईहरूको विवाह र प्रेमको प्रसङ्ग आउछ कृपया आज संगै हुनुहुन्छ यो बिषयमा प्रष्ट पारिदिनुस न भन्ने फिल्मीखबरको प्रश्नमा अभिनेत्री स्वेता खड्काले आफ्नो प्रेमी अरूनै कोही रहेको संकेत गर्दै श्रीकृष्ण श्रेष्णसंग विवाह नहुने बताएकी छिन् ।
डाईनामिक एण्ड ड्रिम्स कन्सल्टेन्सीसंगको सहयाकार्यमा श्रीले बुधबार बसन्तपुर डबलीमा कोरियाली कलाकारहरूलाई उपस्थित गराएर आयोजना गरेको एक कार्यक्रममा भेटिएकी स्वेताले प्रेम र विवाहको प्रसङ्गमा उक्त प्रतिक्रिया फिल्मीखबरसमक्ष दिएकी हुन । तर स्वेताले विवाहको कुरालाई सिधै नहुने प्रतिक्रिया दिएपनि श्रीले भविष्यको कुरा भविष्यमै छोडिदिऊ भन्दै स्वेतासंगको विवाहको मामलामा केही लचकता अपनाएका छन् ।
फिल्मको स्क्रिन देखि पब्लिक प्लेसमा समेत संगै देखिनु हुन्छ दर्शकले तपाईहरूको जोडी रूचाएका छन् नि भन्ने प्रश्नमा उनीहरूले भखैरै सकिएको भ्यालेन्र्टाईन्सको सर्न्दर्भलाई जोड्दै भनेका छन् 'हामीहरू कार्यक्रममा मात्र संगै देखिएका हौ त्यसैले अस्तिको भ्यालेन्र्टाईन्समा भने हामी संगै थिएनौ ।' कहाँ भेटिएलापछी जोडिएको श्री र स्वेताको केमेस्ट्री चार बर्षवितिसक्दा अझ गाडा भएको देखिन्छ र हरेक कार्यक्रममा श्रीले स्वेतालाई उपस्थित समेत गराउन बिर्सिदैनन र आफ्नो अपोजिटमा फिल्म समेत खेल्न प्रोत्साहन गर्ने हुदा यो जोडीलाई मिडियाले समेत राम्रो जोडी भन्दै तारिफ गरिसकेको छ । तर यता श्रीले स्वेतासंगको विवाह प्रसङ्गलाई भविष्यमा थाहा हुने भन्दै ग्रिन सिग्नल दिएको र स्वेताले ठाडै उत्तर दिदै बिहे हुदैन भनी प्रतिक्रिया दिदा सुमधुर अवस्थामा रहेको उनीहरूको रिलेसन क्लाईमेट चेन्ज भए जस्तो देखिन्थ्यो । प्राय कार्यक्रममा संगै देखिदा श्रीसंग आउने स्वेता बुधबारको कार्यक्रममा भने उनको साथमा भाई उमेरका एक युवकपनि संगै थिए । लाग्थ्यो स्वेताको परिवारले अब उनलाई हेरचाह गर्न कोही खर्टाईदिएको छ ।

