मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'चलचित्र बनाउने कुरा सबै गलत हो ' :आर्यन

अर्पण ढकाल, धरान, 2012/02/22

अभिनेता  आर्यन सिग्देल बारम्बार विभिन्न प्रसङ्गहरुको कारण चर्चामा आइरहन्छन । पछिल्लो समय उनि द्वारा अभिनित चलचित्र आई  एम सरीले देशब्यापी रुपमै सफलता पाईरहेकोले फेरी पनि आर्यन चर्चाको केन्द्रबिन्दुमा छन् । यसै चलचित्र रिलिज भैरहेको मेसोमा  उनले आफ्नै लगानीमा होस्टेल नामक चलचित्र निर्माण गर्दैछन् भन्ने समाचार बाहिरीएपछि आर्यन यतिबेला थप चर्चाको  पत्र भएका छन् ।  तर आफुले चलचित्र निर्माण गर्न लागेको खबर पूर्ण रुपमा गलत र हल्ला मात्रै भएको आर्यनले स्पस्ट पारेका छन् ।

आई एम सरीको देश दौडाहाको क्रममा  धरानमा आयोजना गरिएको प्रेस मीटमा आर्यनले सो कुराको गलत भाएको बताएका   हुन् । नायकको रुपमा चलचित्रमा अझ धेरै राम्रो काम गर्न बाकी रहेको बताउदै आफु निर्माता समेत बन्न लागेको कुरालाई उनले ठाडै अस्विकार गरे ।  आफ्नो लगानीमा राम्रो चलचित्र बनाऊ भन्ने सोच सम्पूर्ण कलाकारको हुने बताउदै उनले आफुमा समेत कहिँ कतै चलचित्र निर्माण गर्ने सोच भएपनि त्यसले मुर्तरुप लिन अझ धेरै समय लाग्ने उनको कथन थियो ।  निर्माता वितरक नरेन्द्र महर्जनसंग भेट भएपनि चलचित्र निर्माण गर्ने कुनै कुरा नभएको पनि उनले बताए । यस्तै   बिहे  गर्ने सोच के छ त भन्ने हाम्रो प्रश्नमा उनले मुस्कुराउदै बिहे बारे त झन् अहिले नै  केहि सोच नरहेको  बताए । आई एम सरीको प्रोमोसनको लागि आर्यन संगै नायिका केकी अधिकारी निर्देशक दिनेश राउत निर्माता हरि महत लगायतको टोलि पुर्व आएको हो ।  झापाका दर्शक संग हिजो चलचित्र हेरिसकेको  यो टिम  धरानका दर्शकसंग फिल्म हेर्न आएको हो ।

पूर्वान्चलका दर्शकले चलचित्र रुचाएर सफल बनाइदिएको हुनाले विशेस:त धन्यवाद ज्ञापन गर्न आफुहरु पुर्व आएको निर्देशक राउतले बताए ।  त्यस्तै देशभरनै आफ्नो चलचित्रले दोस्रो सातामा पनि उत्साहजनक कलेक्सन गरिरहेको निर्माता महतले जानकारी गराए । चलचित्रको प्रोमोसनको लागि दोस्रो पटक पुर्व आउन पाउदा नायिका केकी समेत हर्षित देखिन्थिन । प्रेस मिट पछि दर्शक संगै चलचित्र हेर्न र प्रतिक्रिया लिन टोलि गणेश टाकिज गएको थियो । हलमा भेला भएका दर्शक माझ आर्यन र केकी घेरिन पुगेका थिए।

 

दर्शकले देखाएको माया र सदभाव प्रति दुबैले आभार प्रकट गरेका थिए । सिनेमा हलको तर्फ  बाट संचालक रंजिव श्रेष्ठले कलाकारलाई मायाको चिनो सोरुप खादा ओडाई सम्मान समेत गरेका थिए । चलचित्र यतिबेला पूर्वको गणेश टाकिज धरान,   भिलेज सिनेमा उर्लाबारी दमक चित्र मन्दिर दमक र कृष्ण टाकिज बिर्तामोडमा दोस्रो सातामा प्रदर्शन भैरहेको छ । सम्पूर्ण हलमा चलचित्रले राम्रो कलेक्सन गरेको रिपोर्ट समेत प्राप्त भएको छ। यसै गरि आई एम सरी को टिम धरान बाट नारायणघाट जाने तयारीमा छ ।