
चलचित्र प्रमोशनको दौड धुपमा रहेको चलचित्र आई एम सरी युनिट यति बेला पूर्वमा छ । नायक आर्यन सिग्देल, नायिका केकी अधिकारी, निर्देशक दिनेश राउत, निर्माता हरी महत गत फाल्गुन ६ गते पूर्व आएका हुन् ।
झापाको दमक स्थित पाथीभरा एफएममा प्रेस मिट गर्दै केकिले आफ्नो तेर्सो चलचित्रको प्रारम्भिक नतिजा राम्रो आए पछि आफु पूर्वमा आएको जानकारी दिन भ्याईन् । दमक चलचित्र मन्दिर र बिर्तामोडको कृष्ण टाकिज सम्म पुगेर दर्शक सामु अभिबादन गर्न पुगेकी केकीले भनिन्, 'दर्शकसंग बसेर चलचित्र हेर्नुको मज्जा नै छुट्टै ।'
बिर्तामोडको कृष्ण टाकिज पुग्दा केकी र आर्यनलाई हेर्ने निकै नै भिड लागेको थियो । आर्यनले चलचित्र आई एम सरी राम्रो बन्नुको कारणले नै दर्शकले मन पराएको प्रतिक्रिया दिए । दुई साता देखि चलिरहेकोको प्रमोशनका लागि आएका निर्माण युनिटले देश भर दुई साता भर राम्रो व्यापार गरेको बतायो । निर्माता महतले थप्दै भने, 'पहिलो साताको कलेक्सन सबा करोड पुग्नुले चलचित्र राम्रो हुने अपेक्षा छ ।'
प्रेस मिट सके लगतै उनिहरु झापाको सुरूङ्गा स्थित जामुनबारीमा चलिरहेको महोत्सवमा हानिएका थिए । त्यहाँको माहोल देख्दा निकै नै हौसिएका आर्यनले 'तुलसी आँगनमा' भन्ने गीत पनि कार्यक्रम संचालक राजेश घतानीसंगै गाउन भ्याए । दमक पछि अफ्नो टिम धरान, बुटवल र पोखरा जाने निर्माण पक्षले जानकारी दिए । दमक पछि टिम धरान, बुटवल र पोखरा जाने छ । फिल्मीखबरलाई दिएको जानकारी अनुसार युनिटले आजै धरानमा पनि प्रेम मिट गर्दैछ ।