
अन्दाज डेब्यू हिरो सविन श्रेष्ठले आफ्नो ब्रेकअपको खबरलाई ढाक्न खोजेका छन् । आईतबार राति उनले आफ्नो फेसबुक वालमा लेखेका थिए 'फाईनलली मेरो ब्रेकअप भयो त्यो पनि 100 % । अरू कोही छ भने कल मि है माई नम्बर ईज ९८५१०..... ' तर सविनले लेखेको उक्त स्टाटस केही समयपछी डिलिट पनि भयो ।
अन्दाज सुटिङ समयमा एयरहोस्टेज नम्रता झासंग ईन्गेजमेन्टमा बाँधिएका सबिनले कुन आवेगमा आफ्नो ब्रेकअप भएको खबर पोष्ट गरे उनी नै जानुन् तर फिल्मीखबरले उनको फेसबुक स्टाटसलाई कैद गर्न सफल भएको छ । रेखा क्याम्पका नबप्रवेशी हिरो सविनले विवाहको तयारी गरिरहेका थिए तर सिनेमामा ब्यस्त हुना साथ हुने वाली श्रीमतीसंगको उनको खटपट बाहिरिनुलाई भिन्न कोणले केलाउन सकिन्छ ।
सविनको के कारणले खटपट भयो भन्ने बिषय थाहा हुन नसके पनि विजी एयरहोस्टेज गर्लफ्रेण्डसंगको उनको कम्यूनिकेशन ग्याप हो कि भन्ने पनि फिल्मीखबरले आंकलन काटेको छ । यस्तै हुने वाली श्रीमतीले वेवास्ता गरिदिदा नशाको झोकमा सविनले फेसबुकमा उक्त स्टाटस पोष्ट गरेको हुन सक्ने अनुमान पनि गरिएको छ । नभए होसमा भएका सविनले उक्त स्टाटस लेखिसके पछि किन डिलिट गरे ? फिल्मीखबरको प्रश्न छ ।