मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लफडामा परेको मेरो जीवन साथी सकियो

फिल्मीखबर, काठमाण्डौ, 2012/02/21

हिरोईन तानातान विवाद त्यसपश्चात संघातिक आक्रमण विवाद लगायतका विवादै विवादका बाबजुत निर्माण भएको चलचित्र 'मेरो जीवन साथी' को चार महिने संघर्षको बाबजुत इन्डक्ल्याप गरिएको छ ।


दिवाकर भट्टराई निर्देशित उक्त सिनेमाको पैतालिस दिन सम्म निरन्तर छायाकंन भएको थियो तर बाँकि दिन दिन आन्तरिक लफडा र लफडा पश्चात क्रुमेम्बरको सेडुल नमिल्दा महिनौ दिनसम्म छायाकंन अबरूद्ध भएको थियो । अबरूद्ध छायाकंनबाट थप दश लाख लसमा फसेको उक्त सिनेमाको बाँकि दश प्रतिशत छायाकंन सोमबार सकिदै इन्डक्ल्याप गरिएको छ ।

 

इन्डक्ल्याप पश्चात आयोजित एक समारोहमा यूनिटले सिनेमा सोचे अनुरूप निर्माण भएको दावी गरेको छ । इन्डक्ल्याप समारोहमा भेटिएका अभिनेता रेश मरहठ्ठाले पनि दिवाकरको पहिलो कामलाई प्रशंशा गरे । उनले भने, 'उहाँले यस्तो काम गर्नुहोला भनेर मैले सोचेको थिईन ।' दिवाकरले सात वटा चलचित्रमा सहायक निर्देशकको अनुभव पश्चात पूर्ण निर्देशकको ट्याग यो सिनेमाबाट भिरेका हुन् ।


यमन म्यूजिको प्रस्तुतीमा सुर्य  कार्की र जिवन टण्डन निर्मित उक्त सिनेमामा राजेश हमाल, रेखा थापा, रेश मरहठ्ठा, सुष्मा कार्की, शिवन पोखरेल, संगीता क्षेत्री, सुपी थापा, बिष्णु सापकोटा तथा रागिनी खड्गी प्रमुख भूमिकामा छन् । रागिनीकै कारण यो सिनेमाको सुटिङमा उतारचढाव आउदा ठूलो विवाद भएको थियो जस अनुरूप यूनिटले रागिनीको कारण आफूहरूलाई दश लाख घाटा भएको पनि जनाएको थियो ।

 

चाडै नै रिलिज हुने बताईएको उक्त सिनेमामा अर्जुन पोखरेलले संगीत भरेका छन् भने रामेश्वर कार्कीले सिनेमालाई खिचेका हुन् । सुटिङ हुने क्रममा उच्छृङखल युवाहरूको संघातिक आक्रमणमा रामेश्वरको टाँका लगाउने गरी टाउको फुटेको थियो ।