मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिवरात्रीमा सरकार र कलाकार

फिल्मीखबर, काठमाण्डौ, 2012/02/20

फेसनेवल कल्चरको रूपमा विकसित हुदै आएको धार्मिक पर्व महाशिवरात्रीको रौनक हेर्न जसरी लाखौ दर्शकको घुईचो पशुपति क्षेत्रमा देखियो ठीक यसको विपरित कलाकारहरूलाई भने शिवरात्रीको रौनकले छुन पाएन ।


सरकारले कलाकार प्रति गर्ने असहिष्णु ब्यबहारका कारण पब्लिक आईकन कलाकार चाहेर पनि शिवरात्रीको माहोलमा आफूलाई घुलमिल गराउन सकेका छैनन् । राजनीतिक दलका साना सदस्यलाई समेत विशेष पास उपलब्ध गराउने सरकारले कलाकारहरूको चाहलाई नबुझ्दा कलाकार स्वेदशको आफ्नो कल्चरबाट समेत बन्चित हुनु परेको छ । मिस यु रिलिजको उत्सहको रौनकमा संघर्ष कालिन साथीहरूको डान्स एकेडेमीमा शिवरात्री विशेष पार्टीमा सहभागी हुँदै दिलिप रायमाझी भन्छन्, 'मनमा पशुपतिनाथको मन्दिर बनाउने हो सरकारले वेवास्ता गरे के भो त ?'


पशुपति जान खोजे पनि दर्शनार्थीको भीडमा पब्लिक आईकनलाई गार्‍हो हुने हुँदा दीलिपले यो शिवरात्रीलाई ईन्टरभ्यूमय बनाए । दीलिप आज आधा दर्जन बढी रेडियो स्टेशन, एक टेलिभिजन र विभिन्न मिडियालाई मिसको बारेमा ईन्टरभ्यू दिनमा मस्त छन् । यस्तै अभिनेता भुवन केसीको हकमा पनि शिवरात्रीको रौनक मनमा सिमित भयो । कुनै जमानालाई सम्झिदै भुवन भन्छन्, 'त्यतिबेला निकै रमाईलो गरिन्थ्यो तर सरकारले कलाकारको बिषयमा ध्यान नदिदा हामी चाहेर पनि यो ठूलो चाडको दिन मनबाटै पशुपति दर्जन गर्नु पर्ने बाध्यता छ ।'

 

यध्यपी भुवन साँझ ८ बजेको समयमा निवास सिनामंगल एरियाबाट पैदल पशुपति पुगी शिवजीको दर्शन गर्ने योजनामा छन् । उनी भन्छन्, 'भीडबाट भित्र छिर्न सके भने रिलिज हुन लागेको मेरो सिनेमा साथी म तिम्रोको अलिकति कथा भोलेबाबालाई पनि सुनाउछु सकिन भने बाहिरबाटै ढोग्दै आएको थिएँ तर भित्र छिर्न सकिन भन्दै चित्त बुझाउछु ।' भुवन आजको दिनमा युवाहरूलाई प्रसाद सरह भाङ धतुरो नखान पनि सुझाव गर्छन् । उनी भन्छन्, 'मैले लाईफमै भाङ धतुरो खाईन र अरूलाई पनि नखान आग्रह गर्छू ।'


सरकारी तबरबाट कलाकारलाई गरिने यस किसिमको असहयोगी भावनाबाट अभिनेता राजबल्लभ कोईराला पनि असन्तुष्ट छन् । शिवरात्री मनाउन काठमाण्डू आउन नपाए पनि हाईवे टू धम्पुसको सेटबाटै भोलेबाबालाई सम्झिएका बल्लभ भन्छन्, 'सरकारले शिक्षा र स्वास्थ्य जस्तो प्राईमेरी बिषयमा त कलाकारलाई सम्मान गर्न सकिरहेको छैन मन्दिर दर्शनमा सहयोग गर्छ भनेर कसरी आश गरौ ? भन्ने बेलामा कलाकारलाई गहना एक्सट्रा अडिर्नरी पिपुल भनी संज्ञा दिने तर त्यस किसिमको सम्मान नदिदा पक्कै पनि पिडा हुन्छ ।' 
तर उनी यो बिषयलाई दुइ तर्फ हेर्छन्  भन्छन्, 'दर्शकका प्यारा हामी धेरै दर्शक भएको भीडमा देखिदा एक किसिमको उत्साह हुन्छ तर त्यो उत्साह भित्र मन्दिर प्रवेश गर्दाको पिडालाई सरकारले बुझिदिने हो भने समग्र कलाकारको सम्मान हुने थियो ।' 


यस्तै अभिनेत्री रेखा थापाको हकमा पनि यो पिडा लागू हुन्छ । हिजो महेन्द्रनगर पुगेकी रेखाले घर गौरीघाटबाट सधै देखिने पशुपतिको गजुरलाई आज मिस गरिन् । उनी भन्छिन्, 'मैले भोलेवावालाई मिस त गरें तर यहाँ महेन्द्रनगरको एउटा मन्दिरमा गएर पुजाआजा गरें अनि ब्रत पनि बसेको छु ।' रेखाको घर छेउ पशुपतिनाथ भए पनि अन्य ठूला समारोहमा पनि उनलाई मन्दिर प्रवेश गर्न कठिनाई पर्ने गरेको छ ।


पब्लिकको नजरमा कलाकार पावरफुल देखिए पनि सरकारी पक्षबाट बेवास्ता भैदिदा पावरलेसको पिडाबाट गुज्रिदा उनीहरूको ब्यक्तिगत ईच्छामा सरकारी पक्षले ध्यान दिएको पाईदैन  र स्वयम कलाकारले पनि आफ्ना मागका बिषयमा सरकारी निकायलाई झकझक्याएको पाईदैन । त्यसैले हामी यति मात्र भन्छौ, 'अधिकार मागेर हैन खोसेर लेऊ कलाकार ।'