
अन्तत: दिनेश डिसीले बोलेको कुरा पुर्याई छाडेका छन् । विगत दुई बर्षदेखि नयाँ फिल्म मायाज बार बनाउने भन्दै हिडेका डिसीले शिवरात्रीको दिन देखि उक्त फिल्म निर्देशन सुरू गरेका हुन् ।
सर्न्दर्भ पनि कस्तो मिलेको भाङ धतुरो प्रेमी देवता शिवको विशेष दिन शिवरात्रीको यो अबसरमा शिव प्रति समर्पित गर्दै उनले मदिरा प्रेमीहरूको जग्सनमा आधारित सिनेमा मायाज बार निर्देशन सुरू गरे । सावधान निर्देशनको चार बर्ष पश्चात पुनः फिल्म निर्देशनमा फर्किएका डीसीले यो कम्ब्याक उपलब्धी मुलक हुने विश्वास ब्यक्त गरेका छन् । 

'चार बर्षको अवधिमा जति पनि नयाँ प्रविधि भित्रिए सोही अनुरूप ती सामग्रीको प्रयोग उचित र फरक ढङ्गमा गर्ने प्रयास स्वरूप आजदेखि स्पटमा गएको हुँ', सिंहदरवार भित्रको सुटिङ सेटबाट उनले जानकारी गराए । पैतालिस दिने सेडुलमा निस्किएको मायाज बारको पहिलो दिनको सुटिङमा राजेश हमाल र निशा अधिकारीको सिन रहेको उनले जानकारी गराए ।
राजेश यो सिनेमामा खलनायकको भूमिकामा रहेको पनि डीसीले जानकारी गराए । सुनिल मानन्धरले निर्माण गर्ने मायाज बारमा हमाल बाहेक करिश्मा मानन्धर र डेब्यू गर्दै गजित बिष्टले हिरोको ट्याग भिर्दैछन् । सिनेमा कत्तिको रिच हुनेछ भन्ने प्रश्नमा उनले भने, 'मेरो फिल्मको अधिकाशं सिन सेटमा आधारित हुने छ जसका लागि सानो सेटका लागि पनि विना कम्प्रमाईज काम गर्ने योजना बनाएका छौ । हेलिकप्टरको सिन पनि त्यतिकै छ । त्यसैले सिनेमा रिच हुने छ ।'
यसैगरी कुसुमे रूमाल-२ निर्देशन गरे यता सुस्ताएका निर्देशक निरक पौडेल पनि आजदेखि आफ्नो दोस्रो सिनेमा होमवर्क निर्देशनका लागि कस्सिएर लागि परेका छन् । निरकले होमवर्कका लागि गीत रेकर्डिङ कार्य आजदेखि सुरू गरेका छन् ।