
एक महिना अघि रिलिज भएको सिनेमा परिचयमा भारतीय अभिनेत्री मोनिका बेदीले फिल्म खेलेको प्रसङ्गले सिने बजार तातेको थियो तर मोनिकाले सोही फिल्मका निर्देशकलाई पाँच लाख माग्दै धम्काएको प्रसङ्ग पुनः बाहिर आईदिदा एक पटक परिचय यूनिटको चर्चा फेरी चलेको छ ।
सुटिङ सकिएको लामो समय भैसक्यो अनि फिल्म रिलिज भै उत्रिएको पनि महिना वितिसक्यो तर पारिश्रमिकको बिषयमा भारतीय अभिनेत्री मोनिका बेदी र निर्देशक आकाश पाण्डेको जुहारी चलेको छ । अचानक मुम्बई हानिएका निखिल उप्रेतीलाई साथमा लिएर मोनिकालाई समेत आफ्नो फिल्ममा खेलाएका पाण्डेले पारिश्रमिकको बिषयमा मोनिकाले धम्काएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । भारतीय अनलाईनहरूमा छापिएको खबरमा मोनिकाले फिल्म खेले बाहेकको अतिरिक्त पाँच लाख आफूसंग मागेको र नदिएपछी एसएमएस मार्फत उनले आफूलाई जे पनि गर्ने भन्दै धम्कि दिएको भन्दै आकाशले प्रहरीमा उजुरी दिएको उल्लेख गरिएको छ ।
अन्डरवल्र्ड माफिया डन अबु सलेम्सको एक्स गर्लफ्रेण्ड मोनिका बलिउडमा अस्ताई सकेकी कलाकार हुन् जो पछिल्लो समय चर्चामा थिईनन् तर गोरखपुरका निर्देशक पाण्डेले मोनिकालाई साथमा लिदै आफ्ना संघर्ष कालिन साथी निखिल उप्रेतीलाई परिचयमा खेलाउने निर्णय गरेपछी मोनिकाले पाण्डेबाट राम्रो रकम लिएको बताईएको छ । तर मोनिकाले अकस्मात उनलाई धम्की किन दिईन् र के कारणले दिईन् भन्ने तर्कहरू तथ्यगत रूपमा नआईदिदा सुस्ताईसकेकी मोनिका र उदाउन लागेका आकाशको पब्लिीसिटी स्टण्ड हुन सक्ने अनुमान पनि काटिएको छ । तर पब्लीसीटि स्टण्डको बिषयमा पाण्डेले आफूलाई यस दृष्टीकोणले नहेर्न आग्रह गरेको प्रकाशित न्यूजमा जनाईएको छ । मोनिकालाई फिल्म खेल्दा पाँच लाख दिईसकेको पनि बताईएको छ । तर अतिरिक्त रकम नपाएको भन्दै मोनिकाले आकाशलाई धम्क्याउदा यो खबरलाई अहिले विभिन्न दृष्टीकोणबाट समिक्षा गरिएको छ ।
यस्तै गत माघ १३ गते नेपालभर रिलिज भएको परिचयको प्रिमियरमा सो फिल्मका दुई निर्माताको साथमा निर्देशक पाण्डे पनि आएका थिए । तर सो प्रिमियरका लागि मोनिकाको साथमा निखिल पनि उपस्थित हुने बताईएको थियो तर अचानक मोनिका र निखिल काठमाण्डू उपस्थित नहुनुलाई भिन्न कोणबाट त्यतिबेला पनि हेरिएको थियो । सो समय निखिलको नेपाल उपस्थिति नदेखिनु उनको आन्तरिक ब्यस्तता भएको भन्ने बताईएको थियो । तर मोनिकाको माफिया डनसंगको निकटताको कारणले उनलाई भारतीय प्रहरीले नेपाल आउन बन्देज लगाएको प्रसङ्ग गाईगुई चल्दा त्यति बेला नै मोनिकको हकमा दालमा केही कालो थियो भन्ने अडकल काटिएको थियो ।