
सिनेमाको बजार सुध्रिएको संकेत फेरी एक पटक देखापरेको छ । लुट र आई एम सरीले जसरी ग्रस कलेक्सनमा आफूलाई अब्बल तुल्याए सोही अनुरुप गत शुक्रबार देखि रिलिज भएको सिनेमा मिस युले तीन दिनमा ३२ लाख ग्रस पार गरेको छ ।
'मेहनतको फल पाईदो रहेछ साथी', हर्षित मुद्रामा प्रोड्यूसर समेत रहेका अभिनेता दीलिप रायमाझीले आफ्नो सिनेमा वितरणको जिम्मा लिएको डिसिएनको कार्यालयबाट जानकारी गराए । सुरुमा ४७ सिनेमा घरमा लाग्ने भनिएपनि ३० वटा सिनेमा मात्र सिमित भएको मिस युले राजधानीको विग सिनेमा र क्यूएफएक्स च्यानलबाट साढे ९ लाख ग्रस मार्क गरेको छ जुन कलेक्शन राम्रो हो ।
'विश्वास नलागेर हामीले त दुई पटक हिसाव गर्यौ तर हिसाव ३२ लाख क्रस भएपछी यो समय खुशी नहुने कुरै भएन । ', निर्देशक सुरेश दर्पण पोखरेलले हर्षित मुद्रामा भने । यस्तै वितरक डिसिएनका अनुसार मिस युले राजधानीका दुई चर्चित मल्टिप्लेक्समा ८० प्रतिशत सिट प्याक भैरहेको जनाएको छ । यस्तै पूर्वाञ्चलमा पनि यो सिनेमाको ब्यापार ७० प्रतिशत भन्दा माथी रहेको रिपोर्ट प्राप्त भईरहेका छन् ।
धान उत्पादनमा अब्बल रहेझै पूर्वाञ्चलका प्रमुख सिनेमा हलहरुमा मिस यु रिलिज हुन बाकी रहेकाले पूर्वको नेक्सट रिलिजमा थप उत्साहका साथ ब्यापार हुने यूनिटले विश्वास ब्यक्त गरेको छ । आइतबार साझ सम्मको पूर्ण रिपोर्ट आझै आउन बाँकि छ