मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यन र केकी देश दौडाहामा

फिल्मीखबर, काठमाण्डौ, 2012/02/19

पहिलो साताको सफलतासंगै आई एम सरीका जोडी आर्यन र केकी देश दौडाहामा निस्किएका छन् । आई एम सरीको प्रोमोशनलाई बढाउन निर्देशक दिनेश राउत र प्रोड्यूसर हरि महतसंगै देश दौडाहामा निस्किएका उनीहरू पूर्वाञ्चलको दमक स्थित पाथिभरा एफएममा सोमबार हुने प्रेस मिटसंगै धरान, नरायणघाट पोखरा हुदै एक सातामा काठमाण्डू फर्कने छन् ।

 

'पहिलो सातामा जसरी उत्साहजनक ब्यापार भयो सोही अनुरूप दोस्रो सातामा दर्शकसंगै बसेर फिल्म हेर्ने योजनाका साथ हामी देश दौडाहामा निस्किएका हौ', निर्देशक राउतले जानकारी गराए । नेपाली सिनेमाको दर्शक त्यसमाथि पनि माया प्रेम रूचाउने दर्शकको संख्या ज्यादा रहेको पूर्वाञ्चलमा आई एम सरी युनिटले सोमबार बिहान दश बजे प्रेस मिट गर्दे सिने जर्नलिष्टहरूलाई सिनेमा देखाउने कार्यक्रम राखेको छ भने दर्शकसंग प्रत्यक्ष सात्क्षात्कार गर्दै दिउँसोको शोमा फिल्म हेर्ने योजना पनि बनाएको छ ।

 

यस्तै दमकमा दर्शकसंगको प्रत्यक्ष सात्क्षात्कार पछी युनिटले मंगलबार धरानका दर्शकसंग फिल्म हेर्ने योजना बनाएको छ । धरानमा पनि बिहान दश बजे प्रेस मिट गर्दै युनिटले सञ्चारकर्मीबाट आफ्नो फिल्मको रिभ्यू बटुल्नेछ । यसैगरी उक्त युनिट बिहिबार नारायणघाट, शनिबार बुटवल र आईतबार पोखरा पुगी एक हप्ते देश दौडाहालाई विट मार्दै सोमबार राजधानी फर्कने छ ।

गत कात्तिकमा मेरो लभ स्टोरी रिलिज छेकोमा पूर्वाञ्चलका दर्शकमाझ जसरी आर्यन घेरिएका थिए केही साता अघि एक कार्यक्रममा भाग लिन जाने क्रममा केकी पनि सयौको संख्यामा रहेका दर्शकबाट घेरिएकी थिईन् ।  हेरौ यि दुई स्टार एक साथ देश दौडाहामा निस्कएको यो समयमा अब उनीहरूलाई दर्शकले कसरी घेर्ने छन् अपडेट गराउने छौ ।