मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक रेग्मीलाई पितृ शोक

फिल्मीखबर, काठमाण्डौ, 2012/02/18

सफल निर्देशकले परिचित शिव रेग्मीले आफ्नो पिता खगराज रेग्मीलाई गुमाएका छन् । ८५ बर्षे सुगर रोगी उनका पिताको निधन फागुन १ गते चितवन स्थित भरतपुर अस्पतालमा उपचारको क्रममा भए पनि शोक परेको खबर शनिबार मात्र थाहा भएको हो ।

'आज ६ दिन भैसक्यो अहिले काजकिरियाको कार्यक्रमा छौं,  तेर्‍ह दिने काम सकिन्छ अनि काठमाण्डू फर्किन्छु ।' शोकमा डुबेका रेग्मीले मलिन स्वरमा फिल्मीखबरसंगको फोन सम्बादमा भने   पछिल्लो समय छोरीलाई समेत हिरोईन बनाउने कसरतमा रहेका रेग्मीको आमा पनि छिन् जो उनीसंगै काजकिरियामा छिन् । 

 

रेग्मीद्धारा निर्देशित सिनेमा फूल प्रदर्शनको क्रममा छ । यस्तै उनीद्धारा निर्देशित प्रतिक्षित सिनेमा 'साथी म तिम्रो' रिलिज डेट मुखमै आईसकेकाले उनी चाहेर  पनि गृहनगरमा बस्न पाउने छैनन् । शोकाकुल परिवारप्रति फिल्मीखबर हार्दिक समवेदना प्रकट गर्दछ ।