मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'मिस यू' ले तान्यो दर्शक/ विग सिनेमाले पनि शो थप्यो

सुशील कार्की/बिरोध पोखरेल, दमक, 2012/02/18

नेपाली चलचित्रमा संकट लाग्ने स्थिति हुँदाहुँदै एकाएक उत्कृस्ट चलचित्रहरु प्रदर्शनमा आउन थालेका छन् । जुन कुरा सम्पूर्ण चलचित्र उधोग, यसमा कार्यरत सम्बन्धित व्यक्ति र दर्शकका लागि खुसीको कुरा पनि हो ।


राम्रा चलचित्रको भिडमा शुक्रबारबाट प्रदर्शनमा आएको 'मिस यू' पनि परेको छ । यो चलचित्र अहिले मुलुकभर ४७ वटा हलमा प्रदर्शन भैरहेको छ । चलचित्रले पहिलो र दोस्रो दिन उत्साहजनक व्यापार गरेको रिपोर्टहरू प्राप्त भएको छ । कलेक्सन रिपोर्ट अहिलेसम्म आईनसके पनि पूर्वाञ्चलका निलकण्ठ चित्र मन्दिर दमक, हिमालय टाकिज बिराटनगर, सुकुना चित्र मन्दिर विराटचोक, किरण चित्र मन्दिर झुम्का, भुषण टाँकिज बाँसबारीमा यो चलचित्र सफलताका साथ प्रदर्शन भईरहेको छ ।


यी हलहरु मध्ये पनि निलकण्ठ चित्र मन्दिर दमक र हिमालय टाकिज बिराटनगरमा उत्साह जनक व्यापार गरेको बताउँछन् मिस यूका पूर्वाञ्चल वितरक सन्जु पराजुली । साथै उनले चाडै नै धरान, उर्लाबारी र बिर्तामोडमा मिस यू प्रदर्शनमा आउने बताए । एकै दिन प्रदर्शनमा आएको चलचित्र मायाको बारीमा र गत माघ २७ गते आएको चलचित्र आई एम सरीसँग मिस यू जुधिरहेको छ । अब हेर्न बाकी छ यो तीन चलचित्र मध्ये कुन चाहि दर्शकको मनमा बस्ने छ ।

 

नम्रता श्रेष्ठ कम्ब्याक भएको चलचित्र मिस यू हेर्न अधिकांस युवायुबतीहरुको भिड लागेको छ । एउटा फरक धारमा बनेको चलचित्र मिस यूमा तीन साथीहरूको मित्रतालाई देखाएकोले पनि युवाहरूको रोजाईमा यो चलचित्र परेको आजको दर्शक भिडले देखाएको छ । पूर्वमा मात्र हैन राजधानीका मल्टिप्लेक्स हलहरू पनि आज दिन भरी  खचाखच भएको रिपोर्ट फिल्मीखबरलाई प्राप्त भएको छ ।

 

विग सिनेमाले पनि शो थप्यो

यसैगरी पहिलो दिन नै ओपनिङमा उत्साह देखेपछी क्यूएफएक्स च्यानलले मिस युलाई थप दुई  शो दिएको थियो तर शनिबार दर्शकको घुइचोले थेग्न नसेकपछी क्यूएफएक्स च्यानलले थप एक शो बढाउदै दैनिक ६ शो दिएको छ । यस्तै विग सिनेमामा उत्साहजनक ब्यापार गरेपछी आईतबारदेखि मिस युले विग सिनेमामा पनि दैनिक तिन बाट थप एक शो पाउदै आफ्नो बिजनेसलाई अगाडी बढाउने मौका पाएको  छ ।