मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कतारमा दशगजाको बिशेष शो

शैलेन्द्र कठायत, दोहा, 2012/02/18

गत बैशाख महिनामा नेपालबाट प्रदर्शनमा आईसकेको चलचित्र 'दशगजा' को कतारमा बिशेष शो गरिंदैछ । यहि आउँदो शुक्रबार दोहा सिनेमा हलमा उक्त चलचित्रको बिशेष शो गर्न लागिएको हो ।

 

चलचित्रको बिशेष प्रदर्शनीका लागि नायक तथा निर्माता नवल खड्का अहिले कतार आईपुगेका छन् । टिम नेपालको आयोजनामा शुक्रबार बिहान ११ बजे हुने बिशेष शोका लागि नवल दर्शक जुटाउन प्रचारप्रसारमा लागि परेका छन् । केहि बिधामा राष्ट्रिय अवार्ड जित्न सफल सो चलचित्र हेर्न कतारवासी नेपालीहरू इच्छुक रहेकाले प्रदर्शन गर्न लागिएको निर्माता खड्काले फिल्मीखबरलाई बताए ।

 

दयाराम दाहालले निर्देशन गरेको चलचित्र 'दशगजा' नेपाल-भारत सिमानाको बिषयमा केन्द्रित छ । चलचित्रमा राजेश हमाल, निखिल उप्रेती, रञ्जिता गुरूङ, सुभद्रा अधिकारी, रमेश बुढाथोकी सहित नवल खड्का मुख्य भुमिकामा छन् । चलचित्रलाई नवलको साथमा मिलेर हब खड्का र शिबहरी कार्कीले निर्माण गरेका हुन् ।

 

यस्तै दशगजा लागेको एक सातामा अर्को नेपाली चलचित्र 'म तिम्रो भईसकें' पनि लाग्ने भएको छ । बिकाश आचार्यले निर्देशन गरेको सो चलचित्रको प्रदर्शनीका लागि नायक जीवन लुईटेल कतार आउन खबर प्राप्त भएको छ । यस्तै उदय सुब्बाले निर्देशन गरेको चलचित्र 'बधाई छ तिमीलाई' पनि कतारमा लाग्ने भएको छ । डेट फिक्स नगरे पनि शबिर श्रेष्ठ निर्देशित चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु' पनि कतारमा लाग्ने छ । यो चलचित्र मार्च महिनाको अन्त्य तिर रिलिज हुनेछ ।

 

यसरी हेर्दा लाग्छ अब कतार पनि नेपाली चलचित्रको लागि दोस्रो ठूलो बजार बन्न सक्छ । कतारवासीको मायाले गर्दा अब कतारमा हरेक शुक्रबार एउटा नेपाली चलचित्र चल्नेछ । यसलाई कतारवासीले सकारात्मक रूपमा पनि लिएका छन् । आशा गरौं भोलीका दिनमा यसले अझै राम्रो मार्केट पाउनेछ ।