
गत असोज महिनामा रिलिज भएको नेपाली कथानक चलचित्र 'मेरो लभ स्टोरी' लाई दर्शकले अब डिभिडीमा हेर्न पाउने भएका छन् । चलचित्रको डिभिडीलाई हाईटेक इन्टरटेन्मेन्टले आईतवार बजारमा ल्याउने तयारी गरेको छ ।
फाईभ पोईन्ट वान सराउन्ड साउन्ड सिस्टम तथा अंग्रेजी सवटाईटलमा रिलिज गर्न लागिएको सो डिभिडीको बिजनेश राम्रो हुनेमा हाईटेक इन्टरटेन्मेन्टका प्रमुख राजेन्द्र मानन्धर बताउँछन् । सिनेमा हलबाट निर्माताले मुनाफा कमाउन नसके पनि राजेन्द्र भने आफ्नो लगानी उठाएर नाफा कमाउनेमा बिश्वस्त छन् ।
सुदर्शन थापा निर्देशित चलचित्र 'मेरो लभ स्टोरी' तीन साथीहरूको प्रेमकथामा आधारित छ । तीन साथी अर्थात आर्यन सिग्देल, विनय श्रेष्ठ र ऋचा शर्मा चलचित्रमा मुख्य पात्र हुन् । आइकोर फिल्मसको व्यानरमा सुरज आचार्यले निर्माण गरेको सो चलचित्रमा प्रमोद खरेलको संगीत रहेको छ । यदि तपाईं हलमा गएर सो चलचित्र हेर्न पाउनु भएको थिएन भने रू २७५ तिरेर घरमै बसि चलचित्र हेर्न सक्नु हुनेछ ।