
रोज राणालाई अब डन बन्नु छैन, खलनायक बन्नु छैन र दादागिरी देखाउनु पनि छैन । सायद त्यसैले होला ग्याङस्टार बन्ने उनको महत्वकाक्षी सपना पनि तत्कालको लागि स्थगित भएको छ । पछिल्लो समय माया प्रेमका सिनेमा टक्कर दुई मुटुको र म छु नि तिम्रो बनाएका रोजलाई अब मायाको रोगले सताउन थालेको छ ।
रिलेसन गसिप म्याटरबाट टाढा रहन खोज्ने रोजलाई अब हिरोईन प्यारो हुन थालेको छ । त्यसैले पनि होला कुनै समय ग्याङ फाईटिङ्गमा रमाउने रोज अब माया पिरतीमा रमाउन थालेका । जसको प्रभाव र नतिजा उनको कपालबाट देखा परेको छ । हिरोईनको पिरतीमा परेर होला उनले आफ्नो लामो कपाललाई चैट गरेका छन् । दश बर्षयता कपाल नकाटेका रोजले हिरोईनको लागि किन कपाल काटे अनि कपाल काट्न बाध्य बनाउने उनकी हिरोईन को हुन् ? एक्सक्लुसिभ रूपमा बताउने छौ पहिला प्रसङ्ग सुरू गरौ ग्याङस्टारबाट ।
एक महिना यता ग्याङस्टारको प्रि–प्रोडक्सनमा ब्यस्त रोजले फिल्मको लागि ९ जना हिरोहरूको लिष्ट सार्वजनिक गरे । जस अनुरूप मल्टीकाष्ट उक्त सिनेमाका लागि उनले केही हिरोहरूसंग एग्रीमेन्ट पनि गरे तर ९ जना हिरोहरूलाई एउटै सेटमा उपस्थित गराउन उनलाई सास्ती परेपछी अब उनी पुनः मायाको बिषयमा आधारित भएर सिनेमा बनाउने तयारीमा छन् । पछिल्लो समय मायाको बिषयमा दुई सिनेमा बनाएका उनलाई प्रेम कथाको ह्याङले छाडेन र घोषणा गरिदिए आफ्नो नयाँ फिल्म 'हिरोईन' ।
हिरोईन उनको कम्पनी सोफिया सिने आर्टसले निर्माण गर्न लागेको सातौ सिनेमा हो जसको दर्ता समेत उनले गरिसकेका छन् । बैशाख १ गते शुभमूर्हत सहित फ्लोरमा जाने हिरोईनमा उनी प्रोडयूसरको भूमिकामा हुने छन् । हालै एक कार्यक्रममा छोटो कपाल सहित देखिएका रोजले भने, 'म जेन्टल प्रोड्यूसरको भूमिकामा हुनेछु त्यसैले लुक्सलाई पनि जेन्टल देखाऊ भन्दै कपाल काटेको हो ।
केहि फरक गेटअपमा देखिएका रोजले प्रश्न गर्दै भने, 'यो गेटअप सुहाएको छ कि छैन ?' अब भन्दिनुस् त रोजलाई यो नयाँ गेटअप सुहाएको छ कि छैन ?