मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दाङ र पोखरामा पनि 'काठमाण्डू'

फिल्मीखबर, काठमाण्डौ, 2012/02/17

राजधानीमो तेस्रो हप्तामा प्रदर्शनरत चलचित्र काठमाण्डू आज शुक्रवारबाट राजधानी बाहिरका प्रमुख दुई स्टेशनहरु पोखरा र  दाङमा पनि प्रदर्शनमा आएको छ  । निर्देशक आकाश अधिकारीले दिएको जानकारी अनुसार चलचित्रले राजधानीका सिनेमा भवनहरुबाट दुई हप्तामा ५५ लाखको ग्रस कलेक्शन गरेको जानकारी गराउदै फोसफलसका स्टेशनबाट समेत कलेक्सनमा राम्रो हुने विश्वास गरेको छन् ।

सन्देश मुलुकमा आफ्नो सिनेमालाई  खेलाडी त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी प्रोफेसरहरुको समूहले समूह आएर हेरेको प्रसङ्ग सहित अधिकारी भन्छन्, 'राजधानीमा चलचित्रले पाएको दर्शकको साथ र कलेक्शनलाई आधार मान्ने हो भने सुपरहिट चलचित्र भन्न सकिन्छ  । हेरौ आजबाट पोखरा र दाङमा चलचित्रलाई प्रर्दशनमा ल्याएको छु, दर्शकले कस्तो प्रतिक्रिया दिने हुन् ।'

अधिकारीले दिएको जानकारी अनुसार राजधानी बाहिरका अन्य स्टेशनमा  काठमाण्डू क्रमिक रुपमा प्रदर्शनमा आउने छ । यस्तै फागुन २७ देखि प्रदर्शनमा आएको सिनेमा आई एम सरीले पनि आफ्नो गतिलाई अगाडी बढाईरहेको छ । आई एम सरीले एक सातामा ७४ लाख ग्रस बटुलेको छ जस मध्ये निर्माताको हातमा ३२ देखि ३४  लाख आउने वितरक सुनिल मानन्धरले जानकारी गराए ।