
पहिलो एग्रीमेन्ट अनुरुप तीन शो मात्र दिएको क्यूएफएक्स च्यानललॆ मिस युको बिहानीको शो हाउसफुल भएपछी दुई शो थप गरेको छ ।
'हामीलाई तीन शो मात्र दिईएको थियो तर बिहान र एघार बजेको शो हेर्न युवा दर्शकहरुको घुईचो बढेपछी मिस युलाई थप दुई शो दिएको हो', निर्देशक सुरेश दर्पण पोखरेलले जानकारी गराए । दुई शो बढेपछी शनिवारबाट क्यूएफएक्स च्यानलको कुमारीमा वा जयनेपाल मध्ये कुनै एकमा मिस यु रिलिज गरिनेछ । क्यूफएक्स च्यानलमा मिस युको दैनिक पाँच शो हुने छ ।
यस्तै पोखरेलका अनुसार बिग सिनेमामा पनि ९० प्रतिशत सिटहरु प्याक भएका छन् । 'यो ओपनिङमा म निकै खुशी छु काम अनुसारको रिजल्ट पहिलो दिनमै आयो ।' यस्तै विग सिनेमाको बिहानी शोमा पनि हिन्दी सिनेमा भन्दा मिस युको कलेक्सन अग्रपंक्तिमा रहेको छ । विग सिनेमाका असिष्टेन्ट म्यानेजर नविन उपाध्ययायको भनाई उदि्रत गर्दै दर्पणले भने, 'सम्भवत भोलिदेखि विग सिनेमामा पनि शो थप हुने छ । '
यस्तै पोखरेलले पोखरा तथा पूर्वाञ्चलका प्रदर्शकहरुबाट पनि सिनेमाले उत्साहजनक ब्यापार गरेको जानकारी गराएका छन् । नम्रता र दीलिप रायमाझी स्टारर सिनेमालाई यस अघि सेन्सर बोर्डका पदाधिकारीहरुले प्रशंशा गरेका थिए । ८० प्रतिशत छायाकंन विदेशमा भैदिदा यो सिनेमा दृश्यले पहिलो नम्बरमा दर्शकलाई हल सम्म तान्न सफल भएको हो । हेरौ पहिलो दिनको ओपनिङ उत्साह जनक गरेको मिस युले कलेक्सनमा कस्तो रेकर्ड राख्ने हो ।