मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मुलुकभर 'मिस यू'

फिल्मीखबर, काठमाण्डौ, 2012/02/17

आज शुक्रबार देखि मुलुकभरका करिब ४ दर्जन सिनेमा घरमा चलचित्र 'मिस यू' प्रदर्शन भईरहेको छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार अधिकांश हलका पहिलो दिनको पहिलो शो हाउसफुल भएको छ ।


'मिस यू' हेर्न अधिकांश युवाहरूको भिड देखिएको रिपोर्ट समेत प्राप्त भएको छ । दर्शकको प्रतिक्रिया अझै आईनसके पनि लाग्छ चलचित्र हेर्ने दर्शकको भिडले मिस यूलाई सफलताको बाटोमा डोर्‍याउनेछ । दर्शकहरूको अत्याधिक पर्खाईको चलचित्र भएकाले पनि पहिलो शो हाउसफूल हुनुमा कुनै नौलो हैन । भोलीका दिनमा पनि हल हाउसफूल भएको खण्डमा यसले निर्माता मात्र हैन कलाकार र निर्देशकको भविष्यलाई समेत सफलताको शिखरमा पुर्‍याउने छ अन्यथा उही हो...

 

चलचित्र मिस यू अहिले राजधानीका मुख्य मल्टिप्लेक्स हल बिग सिनेमा, क्यूएफएक्स सेन्ट्रल, गोपीकृष्ण, गुण, गंगा, बाराही सहित पूर्वपश्चिमका मुख्य मुख्य हलमा प्रदर्शन भईरहेको छ । यसैगरी कतारमा पनि दर्शकको डिमाण्ड बढे पछि आजै शुक्रबार भिन्न दुई ठाउँमा स्पेसल शो गरिंदैछ । नायक दिलिप रायमाझीको निर्माणमा सुरेश दर्पण पोखरेलले निर्देशन गरेको सो चलचित्रमा नम्रता श्रेष्ठ, दिलिप रायमाझी र बरूण राणाको मुख्य अभिनय रहेको छ । चलचित्र तीन साथीको प्रेमकथामा आधारित छ ।

 

यसैगरी आजैबाट अन्य दुई चलचित्र 'मजबूर' र 'मायाको बारिमा' पनि प्रदर्शनमा आएका छन् । डिक खड्काको निर्माणमा दिपक श्रेष्ठले निर्देशन गरेको चलचित्र 'मजबूर' मा बिराज भट्ट, कृष्ण भट्ट र अनुष्का ढकालको मुख्य अभिनय रहेको छ । यसैगरी गोपीकृष्ण मुभिजको व्यानरमा दयाराम दाहालले निर्देशन गरेको चलचित्र 'मायाको बारीमा' मा राजेश हमाल, करिष्मा मानन्धर, केकी अधिकारी र यशराज गरचको मुख्य अभिनय रहेको छ ।