मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म्युजिक फिल्मी उद्घाटनसँगै गोपीकृष्णद्धारा दुई महत्वाकांक्षी योजना घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2012/02/16

सिनेमा प्रेमिहरूका लागि तीन बिषय सहितको खुशीको खबर । नेपालको चर्चित ब्यानर गोपीकृष्ण मुभिजले सिनेमा संगीत पारखीका लागि म्युजिक बैंक सरह म्युजिक लाईब्रेरी बिहिबारदेखि सञ्चालनमा ल्याएको छ । म्युजिक लाईब्रेरीको उद्घाटनसँगै गोपीकृष्ण मुभिजले नेपाली सिनेमालाई अझै बृहत र परिस्कृत गर्ने योजना अनुरूप फिल्मी स्कूल र सिनेमा निर्माणमा सहजीकरणका लागि चलचित्र बिकास बैंकको अवधाराणालाई अगाडी बढाउने घोषणा गरेको छ ।

 

भोली शुक्रबार देखि रिलिज हुन लागेको सिनेमा 'मायाको बारीमा' को प्रिमियर शो सहित आयोजित समारोहमा उक्त मुभिजका अध्यक्ष उद्धव पौडेलले आफ्नो कम्पनीको दुई महत्वाकांक्षी भावी योजना सार्वजनिक गरेका हुन्  । 'रेडियो फिल्मी, टिभी फिल्मसंगै सुरू गरिएको एउटा प्रयास अनुरूप आज म आफ्ना दुई योजना सार्वजनिक गर्दैछु जुन कार्यको थालनी जतिसक्दो छिटो हुनेछ', पौडेलले भने, 'यसले नेपाली चलचित्रको श्रीबृद्धि गर्ने छ ।' पौडेलले सिनेमा स्कूल र चलचित्र बिकास बैंकको योजना घोषणा गर्दा गोपीकृष्ण कार्यक्रम हल तालीले गुञ्जयमान भएको थियो । पौडेलका अनुसार फिल्मी स्कूल भारतको पुना र लण्डनको जस्तो हुने छ ।

 

कार्यक्रममा पाका देखि युवा सम्मका २१ संगीत श्रष्टाले मायाको बारीमा म्यूजिक सिडी लन्चसंगै म्यूजिक फिल्मीको उद्घाटन गरेका थिए ।  मायाको बारीमा मुख्य कलाकार केकी अधिकारी र यसराज गरचले एमसी गर्दै कार्यक्रम शुरू गर्दा उनीहरू सबैको आकर्षणको पात्र बनेका थिए ।  तर सिनेमाका अर्का दुई प्रमुख कलाकार राजेश हमाल र करिश्मा मानन्धरको अनुपस्थितिले उनीहरू खोजीको बिषय बनेका थिए ।

लाईब्रेरी सरह स्थापना भएको म्यूजिक फिल्मीबाट विश्वमा कुनै पनि कुनामा रहेका नेपाली फिल्मका संगीत पारखीले सस्तो मूल्यमा गीत किन्न सक्ने गोपीकृष्णले जनाएको छ । फिल्मीखबरसंगको कुराकानीमा प्रवन्धक दयाराम पाण्डेले दिएको जानकारी अनुसार नेपाली सिनेमाका कुनै पनि डिभीडी, सिडी लगातको सामग्रीमा तयार भएका सिनेमाका म्यूजिकलाई सजिलै खरिद गर्न सक्ने ब्यवस्था गरिएको  छ ।

 

पाण्डले म्यूजिक फिल्मीको पहिलो प्रयास स्वरूप छिट्टनै म्यूजिक फिल्मीले ओभरसिज मार्केटको थालनी सुरू गरिने पनि जानकारी गराए । कार्यक्रममा संगीत श्रष्टाको प्रतिनिधित्व गर्दै संगीतकार सुरेश अधिकारीले गोपीकृष्णको उक्त कार्यलाई मुक्त कण्ठले प्रशंशा गर्दै नेपाली चलचित्रकर्मीका लागि बरदान सरह रहेको बताए ।