मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाको पचास हजार सहयोग

फिल्मीखबर, बाहुनडाँगी, 2012/02/16

नायिका रेखा थापाले हात्ती पीडितको सहयोगार्थ नगद रू ५० हजार आर्थिक सहयोग गर्ने प्रतिबद्वता जनाएकी छिन् । बुधबार देखि झापाको बाहुनडाँगीमा चलेको एसियन ग्रामीण पर्यटन महोत्सवमा प्रमुख अतिथी बनेकी नायिका थापाले सहयोगको घोषणा गरेकी हुन् ।


हात्ती पीडितको सहयोगार्थ नै भनेर आयोजना गरिएको सो महोत्सवमा रेखाले आर्थिक सहयोग गर्ने घोषणा गर्दै भनिन्, 'यो मेरो सानो सहयोग मात्र हो । सहयोग सानै भएपनि सदुपयोग हुनेमा म बिश्वस्त छु ।' आर्थिक सहयोग गर्ने बाचा गर्दै रेखाले कार्यक्रममा आफू अभिनित फिल्म 'अन्दाज' को चर्चित गीत सिम्पल सिम्पल कान्छिको गाएर सुनाएकी थिईन् । बेलाबेलामा गीत रेकर्डिङ समेत गराई रहने रेखाले आफ्नै फिल्मको सो गीत गाईरहँदा हजारौं झापाली दर्शकहरूले पनि उनलाई साथ दिएका थिए ।

 

पछिल्लो समयमा थुप्रै महोत्सवमा सहभागी भएकी रेखाले यो महोत्सवमा सहभागी हुन पारिश्रमिक पनि नलिएको बताईन् । समाजसेवामा बिशेष रूची राख्ने रेखाले कहि समय अगाडी लागूपदार्थ दुर्व्यसनी विरूद्धको सदभावना दुत हुँदा समेत बिना पारिश्रमिक काम गर्ने बताएकी थिईन् । चलचित्रमा अभिनय गरे वापत राम्रै पारिश्रमिक थाप्ने यि नायिकाको समाजसेवा अझै बढ्दै जाओस् । शुभकामना !