
शुक्रबार देखि रिलिजको अन्तिम तयारीमा रहेको दीलिप रायमाझी निर्मित सिनेमा 'मिस यु' सेन्सरको बिषयमा विवाद भैदिदा बुधबार साँझ सेन्सर बोर्डमा केही बेर लफडा भयो ।
सिनेमामा देखाईएको एक बेड सिनको बिषयमा सेन्सर बोर्ड अध्यक्ष सुशिल ओझा लगायतका सदस्यले उक्त सिन काट्न दवाव दिएपछी 'मिस यु' यूनिट र बोर्ड कर्मचारी बिच केही बेर ठूलै लफडा भएको थियो । 'सुरूमा उहाँहरू बेड सिन जुनसुकै हालतमा काट्नु पर्ने अडानमा हुनुहुन्थ्यो तर हामीले आफ्नो अडान नछाड्दा पछि अन्य सदस्यको आग्रहमा सुशिल जि पोजेटिभ हुनु भयो अनि सिनेमा सेन्सर पास भयो', सेन्सर लफडाको बिषयमा फिल्मीखबरको प्रश्नमा निर्देशक सुरेश दर्पण पोखरेलले जानकारी गराए ।

यस्तै पोखरेलका अनुसार मिस यूले सबै बर्गका दर्शकले हर्ने गरी यू र्सर्टिफिकेट पाएको पनि जानकारी गराए । मंगलबारको म्यूजिक लन्च प्रोग्राममा भविष्यमा सन्तानले तपाईको सिनेमा कुन हो भनी प्रश्न गर्दा 'मिस यु' भन्ने स्टेटमेन्ट सार्बजनिक गरेका दर्पणले आफ्नो प्रयास अनुरूप सिनेमालाई बोर्डका सदस्यहरूले मन पराएको जानकारी गराए । 'सिम्पल लभस्टोरी भएकाले मिस युबाट प्रभावित हुदै लोकेशनबाट उहाहरु मन्त्र मुग्ध हुनु भएको थियो', बोर्ड कर्मचारीका भाव उदृत गर्दै उनले भने ।
८० प्रतिशत मलेसियामा सुट गरिएको मिस युको फोटोग्राफीको बिषयमा प्रोमो मार्फत फिल्म मेकर र दर्शकहरूले रूचाईसकेका छन् । १ घण्टा ५६ मिनेटको सिनेमामा दीलिप सहित नम्रता र बरूण राणा पनि लड रोलमा छन् । सिनेमा तिन साथी बीच घट्ने प्रेममय घटनामा आधारित रहेको बताईएको छ ।
राम्रा सिनेमाहरूले लिष्ट एक्कासि आईरहेका बेला मिस यु थपिदा विग्रिएको सिनेमाको बजारलाई यो सिनेमाले अर्को राहत दिने सिनेमा पण्डितहरूले तर्क सारिरहेका छन् तर सेक्स स्क्याण्डल पश्चात यो सिनेमाबाट पुनः कमब्याक भएकी नम्रताको पक्षबाट सिनेमाले कस्तो माईलेज लेल भन्ने बहसहरू दोहोरो भएर चलिरहेका छन् । हेरौ शुक्रबारको रिलिजबाट नम्रताको स्टार पावरले कस्तो नतिजा निकाल्ला !