Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फागुन ५ देखि मजबुर देशव्यापी प्रदर्शन

सन्जोग बस्याल/गीता राना, पोखरा, 2012/02/15

प्रसिद्धि सिने मेकर्स प्रालिको ब्यानरमा दीपक श्रेष्ठद्धारा निर्देशित नेपाली कथानक चलचित्र मजबुर फागुन ५ गते देखि अधिराज्यभरका २ दर्जन वढी सिनेमा हलहरुमा एकैसाथ प्रदर्शन हुन लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

केहि व्यक्तिलाई समय र परिस्थीतिले गर्दा बाध्यात्मक रुपमा गुण्डागर्दी वनाउछ भन्ने कथा बोकेकाले चलचित्रको नाम मजबुर नामाकरण गरिएको निर्देशक श्रेष्ठले वताए । चलचित्रको कथा अधिकांश व्यक्तिसँग मेलखाने भएकाले चलचित्रले दर्शकको मन जित्नेमा निर्देशक श्रेष्ठ ढुक्क छन् । आफुले वनाएका अधिकांश चलचित्रहरुले नेपाली चलचित्रका दर्शकहरुको मन जित्न सफल भएको दाबी गर्दै आफुले पछिल्लो समयमा निर्माण गरेको चलचित्र मजबुरले पनि दर्शकहरुको मन जित्ने श्रेष्ठले दावी गरे ।

श्रेष्ठले एक्सन नायक बिराज भट्टलाई मजबुरमा मुख्य नायकको रुपमा देखिएका छन् भने चलचित्र क्षेत्रबाट सन्यासको घोषणा गरेकी अनुष्का ढकालको यो पहिलो चलचित्र हो । आफ्नो २७ औ चलचित्र मजबुर प्रदर्शन गर्न लागेका निर्देशक दीपक श्रेष्ठले यसअघि दुःख, पापी मान्छे, हिम्मत, तकदीर, पर्खि बसे लगाएतका चलचित्रहरु निर्माण गरिसकेका छन् ।

 

४५ लाखको लगतमा निर्माण भएको चलचित्र मजबुरको अधिकांश छायांकन काठमाण्डौमा गरिएको हो । चलचित्रमा डिक खड्काको निर्माण रहेको छ भने निर्माताका रुपमा उपेन्द्र ढकाल र नवराज तिमल्सिना रहेका छन् । ५ वटा गित रहेको चलचित्र मजवुरमा दयाराम पाण्डेको गीत रहेको छ भने ज्ञानदीप क्षेत्री र कोसिष क्षेत्रीले संगीत दिएका छन् ।