कैलालीको धनगढीमा सुबिधा सम्पन्न र नयाँ व्यवस्थापनका साथ सरस्वती चलचित्र मन्दिर संचालन हुने भएको छ । द्वन्द्वकालमा बिभिन्न कारणले बन्द भएको उक्त चलचित्र मन्दिर पुनः नयाँ व्यवस्थापनका साथ संचालन हुने भएको हो ।
उच्च प्रविधीको डिजिटल साउण्ड सिष्टम जडान भएको सरस्वती चलचित्र मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको फिल्म हलका म्यानेजर बब्लु अहमदले बताए । काठमाण्डौको डिसिएन प्रविधीबाट चल्ने फिल्महरू दर्शकहरूको सेवामा कुनै कमी नराख्ने हलका म्यानेजर अहमदले बताए । उनका अनुसार फिल्म हलमा डिजिटल प्रविधिका १६ वटा साउण्ड सिस्टम जडान भएको ध्वनी फिल्म हेर्ने दर्शकलाई निकै राम्रो हुने छ ।
फागुन पाँच गते सम्म हलको भित्री प्राविधिक देखी हलको पुरै निर्माण पक्ष सम्पन्न गरिसक्ने म्यानेजर अहमदले बताए । धनगढी–१ पुरानो फुलबारी बसपार्क नजिकै बसन्त टोलमा रहेको फिल्म हल फागुन ८ गते शिवरात्रीको अबसर पारेर शुभारम्भ गरिने हल संचालक अहमदले बताए । करिव छ सय भन्दा बढी सिट क्षमता भएको फिल्म हलमा क्याबिनको सुविधा समेत रहेको उनले बताए । क्याविनमा पुरै परिवारका साथ शान्त वाताबरणमा हेर्न सकिने व्यबस्था गरिएको म्यानेजर बब्लु बताउँछन् ।

