Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कहिले जन्मिएको थाहै भएन सुष्मालाई

फिल्मीखबर, काठमाण्डौ, 2012/02/15

मंगलबार भ्यालेन्टाईन्स डे जति महत्पूर्ण भएर सिने सेलिब्रेटीका लागि देखियो त्यति नै महत्वपूर्ण भएर मंगलबारको साँझ सुष्मा कार्कीले खुशीका भावहरु साथीभाई र परिवारमाझ साटिन् । २४ औ जन्मदिनमा चिसो साँझमा जुनको छायाँमा केक काटेकी हटगर्ल सुष्माले आफू कहिले जन्मिएको भन्ने सम्झनै सकिनन् ।

तर बर्थडे पार्टीमा उनले भन्दै थिईन्, 'आज देखि म २४ बर्षकी भए ।' उनले त्यसो भने पनि २४ औ नम्बर लेखिएको क्यान्डललाई ह्याप्पी बर्थडेको वीस संगै निभाउदा उनी २४ काटेर पच्चिसमा पाईला टेकेको प्रसङ्ग फिल्मीखबरले गर्दा उनी झसङ्ग भईन् र भनिन्, 'त्यसो त कहिले जन्मिएको त्यो त थाहा भएन मम्मीलाई नै सोध्नु पर्ला ।'  सुष्माले मंगलबार देखि २४ टेकेको भनेपनि क्यान्डल २४ लेखेको निभाउदा उनी २४ हैन पच्चिसमा टेकेको आफै प्रष्टीन्छ । आँखा  चिम्लिएर क्यान्डल निभाउदा के माग्नु भयो भन्दा उनले भनिन्, 'सुरुमा मैले मेरो परिवार खुशी होस भनी  मागे अनि नेपाली फिल्म इन्ड्रष्ट्री  राम्रो हुदै जाओस भनी प्रे गरे ।'  क्यान्डल निभाएपछी फिल्मीखबरको प्रश्नमा उत्तर दिदै उनले भनिन्, 'म आफ्नो भन्दा अरूको सफलता हेर्न चाहन्छु ।'                                


सुष्माको  बर्थडे पार्टीमा अभिनेता रेश मरहठ्ठा, निर्देशक प्रशन्न पौडेल, दीपा श्री निरौला, दीपक राज गिरी, निर्मल शर्मा, गायिका निशा सुनुवार, राजाराम पौडेल,  डान्स डिरेक्टर गोविन्द राई, रेनशा राई, हिरोईन रेजिना उप्रेती, केशव  भट्टराई, अनुरागमान सिहं कुवँर लगायतका सिमित सिने सेलिब्रेटी मात्र थिए । बर्थडे पार्टीमा केक काट्नासाथ सुष्माले प्रोडूयूसर समेत रहेका उनका मामा प्रभुशम्शेर र माईजुलाई सुरुमा केक खुवाईन् भने अर्को लटको केक कटाईको टुक्रालाई सवै सेलिब्रेटीको मुखमा पुर्याइदिईन् । सवैलाई जुठो खुवाउनु भयो नि भन्ने जिज्ञासामा उनले भनिन्, 'माया बढ्छ भनेर खुवाएको हो ।'

हितैसी हिरोईन रेखा थापाको उपस्थितिमा केक काट्ने योजना बनाएपनि रेखा नआएपछी सुष्माले निरास हुदै अन्तमा अन्य पाहुनामाँझ केक काटेकी थिईन् । यस्तै एक्स ब्याय फ्रेण्ड सुदर्शन थापालाई समेत बर्थडे पार्टीको निम्तो पठाएकी सुष्माले सुदर्शनको समेत अनुपस्थिति भैदिदा उनी निरास बनेकी थिईन् तर कलाकार न परिन उनको मुहारमा निरासको भाव धेरै बेर देखिएन ।

 

ब्रेकअप पश्चात डिरेक्टर सुदर्शनसंग कुनै पनि सम्बन्ध नरहेको बताउदै आएकी सुष्माले बर्थडे पार्टीमा सुदर्शनलाई निम्तो दिनुले अब उनी सुदर्शनसंग बिग्रिएको सम्बन्धलाई सुधार्न चाहन्छिन् भन्ने अडकल काटिएको छ । भ्यालेन्टाईन्स कसरी वित्यो त भन्ने प्रश्नमा उनले थपिन्,  'आफूलाई अहिले सम्म कसैले प्रपोज नै गरेको छैन रेड रोज त परै जाओस । त्यसैले यो बर्षको भ्यालेन्टाईन पनि वीसमा मात्र सिमित भयो । '