Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म्यूजिक लन्चमा मिस यु नम्रता

फिल्मीखबर, काठमाण्डौ, 2012/02/14

फागुन पाँच गते देखि रिलिज हुन लागेको चलचित्र 'मिस यु' लाई अभिनेता दिलिप रायमाझीले निर्माण गरेका हुन् । चलचित्रमा उनले जोखिम मोल्दै नम्रता श्रेष्ठलाई फिल्ममा कमब्याक गराए ।

 
सेक्स स्क्याण्डल पश्चात नम्रताले कमब्याक गरेको 'मिस यु' को भ्यालेनटाईन डे सन्दर्भमा औपचारिक रूपमा म्यूजिक लन्च गरिएको थियो तर कमब्याक भएको सिनेमाको प्रोमोशन स्वरूप आयोजाना गरिएको कार्यक्रममा नम्रतालाई नदेखेपछी मिडियाले उनलाई मिस गरे । जसको उत्तर दिन निर्देशक सुरेश दर्पण पोखरेल र दिलिपलाई भ्याईनभ्याई भएको थियो ।
 
कतै सम्बन्ध चिसिएकाले नम्रतालाई नबोलाईएको त हैन भन्ने विविध प्रश्नमा दिलिप र सुरेशले नम्रता नआउनु सहमति अनुरूप भएको बताएका थिए । यध्यपी दिलिप  र सुरेशले उत्तर दिने क्रममा नम्रतालाई कार्यक्रमको खबर नगरेको जस्तो भान हुन्थ्यो । कार्यक्रममा नम्रता मात्र हैन म्यूजिक डिरेक्टरद्धय बाबु बोगटी र किचमान चित्रकारको पनि उपस्थिति थिएन भने अन्य क्रुमेम्बरलाई पनि मिस युको फष्ट प्रेस मिटमा देखिएन । 'म भएर तपाईलाई पुगेन, किन चाहियो नम्रता ?' भन्ने उत्तर दिलिपले फिल्मीखबरलाई दिदा लाग्थ्यो दालमा केही कालो छ ।
 
 
 
राजधानीका विग सिनेमा, सिभिल मल लगायताका ९ वटा सिनेमा हल तथा उपत्यका बाहिरका मेजर स्टेशनहरूबाट एक साथ प्रदर्शनमा आउने तयारी रहेको मिस यूको म्यूजिकलाई तेक्वान्दो खेलाडी संगीना बैद्य, क्रिकेटर रूविना क्षेत्री  र छिटो सगरमाथा ओरोहण गर्न सफल पवर्तारोही पेमा दोर्जे शेर्पाले केक काट्दै लन्च गरेका थिए । सुरेश दर्पण निर्देशित सिनेमा मिस यूलाई  अपेक्षित  सिनेमाको रूपमा हेरिएको छ जसमध्ये नम्रताले अभिनय गरेका कारण यो सिनेमाले एउटा छुट्टै हाईट बनाउदा सिनेमा राम्रो भएको तर्कहरू आईरहेका छन् ।
 
तर निर्देशक पोखरेलले मिस यूबाट ज्यादा एक्सपेक्ट नर्गन आग्रह गरेका छन् ।  उनले भने, 'फिल्म त यस अघि पनि बनाए तर भोलि पर्सी आफ्ना सन्तानले  तपाईले बनाएको सिनेमा कुन हो भनी सोध्दा मिस यु हो भन्ने तरिकाले मैले यो फिल्म  बनाएको छु । जहाँ सिम्पल लभस्टोरी रहेको छ ।'