Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भ्यालेन्टाईनमा निरकको ईन्गेजमेन्ट

फिल्मीखबर, काठमाण्डौ, 2012/02/14

कुनै समय अभिनेत्री निशा अधिकारीको लभ अफएयर गसिपका पात्र बनेका निर्देशक निरक पौडेलले भ्यालेन्टाईन डेको मौकामा प्रेमिका अनिशा थापासंग ईन्गेजमेन्ट गरेका छन् ।

नेपालको प्रसिद्ध चलचित्र निर्माण कम्पनी गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलका छोरा निरकको विवाह मिति नतोकिए पनि ईन्गेन्जमेन्ट मंगलबार सम्पन्न भएको हो । अफएरका खबरहरू आईरहेका बेला निशाले गोपिकृष्ण टिभी फिल्मी जोईन गर्दा निशा र निरकको सम्बन्धको खुलेरै चर्चा हुने गरेको थियो । तर निशा अमेरिकामा केही महिने फिल्म मेकिङ पढेर आएपछी निशाको निरकसंग सम्बन्ध चिसिएको भन्ने खबर आएको थियो । सोही अनुरूप निरकले अनिशासंगको खिचेको फोटो फेसबुकको प्रोफाइलमा पनि राखेका थिए । जसलाई फिल्मीखबरले केही साता अघि न्यूज बनाएको थियो ।

कुसुमे रूमालले अपेक्षित सफलता नपाएपछी नयाँ चलचित्र निर्माणमा चासो नदेखाएका निरक हाल प्रोड्यूसरको रूपमा सिमित छन् । उनले होमर्वक भन्ने चलचित्र निर्देशन गर्ने सुर पनि कसेका थिए तर निशा छाडी अनिशालाई फकाउने होमर्वकमा ब्यस्त भैदिदा उनको दोस्रो प्रोजेक्ट अलपत्र परेको छ । तर पनि रिलेसको गसिप प्रकाशित भैदिदा निरक र निशाले आफूहरूको साथीको बाहेक अन्य सम्बन्ध नरहेको भन्ने विभिन्न स्पष्टीकरण दिईरहेका छन् ।

 

हाल निशा कर्मसंग नजिक छिन् । उनको मिल्ने साथी भनेकै कर्म हुन् । किनकी भूवन केसीको छोरीको बिहे रिसेप्सन पार्टीको समय देखि सिभिल मलमा डर्टी पिक्चर्स हेर्न जाने देखि थुप्रै कार्यक्रममा फस्टलभको यो अनस्क्रिन जोडी देखिने गरेको छ ।

 

सम्बन्ध जे भएपनि दाम्पत्य जीवनमा बाँधिन लागेका निरकलाई शुभकामना !