मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

यस्तो हुने छ महानायकको भ्यालेन्टाईन डे...

अनुप भट्टराई, काठमाण्डौ, 2012/02/14

स्त्री, प्रेम र विवाहको बारेमा खुलेर नबोल्ने महानायक राजेश हमाललाई ढल्किएको उमेरसँगै जवानीले छुँदैछ । ४८ बर्षे हमाल मंगलबार दिनभर काभ्रेपलाञ्चोकमा चलचित्र 'धडकन भित्र' को सुटिङ सेटमा ब्यस्त रहने छन् । तर प्रेमिकालाई दिएको पूर्व निर्धारित समय अनुरूप साँझ पाँच बजे उनी काठमाण्डौ फर्किनु पर्नेछ । गर्लफ्रेण्डका लागि उनले रेड रोज मात्र दिने सोचाई बनाएका छन् भने साँझको डिनर गर्लफ्रेण्डसंगै गर्ने योजनामा छन् हमाल ।

हमालका सेक्रेटरी चिरञ्जीवी आचार्यका अनुसार महानायक अब प्रेमको बारेमा खुल्न चाहन्छन् र आफ्ना कुरा विस्तारै मिडियामा ल्याउन चाहान्छन् । धरानकी मधु भट्टराईसंग विगत ५  बर्षदेखि गोप्य प्रेममा रमाउदै आएका हमालको मधुसंगको मंगलबारको भ्यालेन्टाईन चौथो भ्यालेन्टाईन डेट हो । ठमेल कपुरधारा बस्ने हमाल लाजिम्पाट एरियाको कुनै एक रेष्टूरामा गएर मधुलाई आई लभ यू भन्ने छन् ।

 

विवाहको तयारी समेत गरेका हमाललाई लाष्ट आवरमा ज्योतिष हरिहर अधिकारीले एक बर्ष विवाह नगर्न सुझाव दिएपछी उनले चाहेर पनि गर्लफ्रेण्ड मिडियामाँझ सार्वजनिक गर्न सकिरहेका छैनन् । एक पार्टीमा भेटिएपछी मधुको माया जालमा परेका हमाल उनलाई धेरै माया गर्छन् जसरी सिनेमामा  हिरोले आफ्नी प्रेमिकालाई माया गर्छ । सोही अनुरूप मधुको प्रेम रसमा उनी चुर्लुम्म डुबेका छन् । २४ घण्टा महानायकको सेवामा खटिरहने चिरञ्जीवी र अर्का सेक्रेटरी दिपेन्द्र महतोले पनि हमालको डेटिङ टाईमा फ्रि हुने मौका पाएका छन् ।

चिरञ्जीवीका अनुसार पछिल्लो समय महानायकलाई हरेक बर्षको भ्यालेन्टाईनमा करिब पचासको संख्यामा भ्यालेन्टाईन प्रपोजहरू आएका छन् भने ब्लडले लभलेटर लेखेर पनि अझै केही युवतीले पठाईरहेको जानकारी गराएका छन् । 'सम्भवत नेपालमा राजेश हमाल भनेपछी नचिन्ने ब्यक्ति छैनन्  । त्यसैले पनि उहाँलाई माया गर्छु, बिहे गर्छु भन्दै  हरेक भ्यालेन्टाईनमा दर्जनौको संख्यामा लभलेटर, बुके, ग्रिटिङकार्ड र अन्य गिफ्ट आउने गरेको छ', चिरञ्जीवीले भने ।

 

त्यसो त पूरा बर्ष भरिमा कति प्रपोज आउछ भन्दा उनले भने, 'ठ्याक्यै गनिएको छैन तर बर्ष भरीमा सयौंको संख्यामा प्रपोज आउँछ ।' मधु राजेश हमालको जिवनको कति औँ नम्बरको गर्लफ्रेण्ड हुन् त्यो भने बताईएको छैन तर नेपाली सिनेमाका फष्ट गसिप म्यान राजेश हमालको कृष्टी मैनालीसंग अफएर भएको विभिन्न प्रसङ्गहरू बेलाबेलामा चल्ने गरेका छन् । हुन त महानायक कलेज लाईफमा आफू भन्दा सिनियर र माथिल्लो क्लासको एक पञ्जावी युवतीसंगको प्रेममा पहिलो पटक परेको विभिन्न ईन्टरभ्यूमा बताईसकेका छन् तर समयको कोल्टे फेराईसंगै उनको प्रेमको कोपिला फुन फुल्दा उनी बिहेको मुडमा समेत पुगेका छन् । हेरौं हाल चक्रपथ निवासी २७ बर्षे मधुले महानायकको लाईफ पार्टनर हुने मौका पाउछिन् कि पाउदिनन् ।

प्रेमको बिषयमा रहस्यमय महानायक
महानायक राजेश हमाल प्रेमको बिषयमा पटक पटक गसिपका पात्र बनिरहेका छन् । केही महिना अघि विग सिनेमामा एक कोरियन युवतीसंगी उनी फिल्म हेर्न जादा एक टेलिभिजनको क्यामेरासंग ईन्काउन्टरमा परेका थिए । त्यति बेला ती युवतीको बिषयमा उनले लुकाउन चाहेका थिए तर चाहेर पनि ती युवती को हुन् भन्ने प्रसङ्गलाई उनले खुलाउन नसक्दा हमाल बेला बेलामा गर्लफ्रेण्ड फेर्छन् भन्ने तर्कहरू पनि आएका छन् ।

 

यसैगरी केही महिना अघि अमेरिका र थाईल्याण्ड भ्रमणको समयमा पनि उनी एक्लै घुम्न नगएको प्रसङ्गले सिने बजार तताएको थियो । अमेरिका निस्कनु अघि उनी जापान गएका थिए । बिजी लाईफबाट केही दिने रेष्टका लागि उनी जापान जानुलाई एक्लै नगएको प्रसङ्गले उनी सो समयमा पनि गर्लफ्रेण्डसंग घुम्न निस्किएको चर्चा चलेको थियो । तर मधुसंगको उनको प्रेम यात्राले कुन मोड लिने हो प्रतिक्षाको बिषय बनेको छ ।