समयले आज मलाई उसको याद दियो,
विछोडले आज एक्लो हुँदा त्यही कुराले मन छोयो
उसको प्यारो झझल्को हृदय भरी छदैछ नि
सुनसान विरान आज मेरो जिन्दगीमा केवल उसकै कमी......
माथिका हरफरहरू आर्यनले सोमबार मध्यरातमा फेसबुक वालमा अपलोड गरेको आफू अभिनित चलचित्र 'कोही मेरो ' को एक गीतको केही अशं हो । जुन गीत आर्यनलाई धेरै मन पर्छ । जसलाई उनले भ्यालेन्टाईन स्पेशल सङको रूपमा आफ्नो फेसबुकवालमा पोष्ट गरेका हुन् । प्रसङ्ग सुरू गरौ उनको फ्ल्यासब्याक प्रेमबाट....
सिनेमाका लभर ब्याय आर्यन फिल्ममा भावुक प्रेमी भएर जति मिठो अभिनय गर्छन् उनको रियल लाईफको प्रेम पनि त्यतिकै रोमाञ्चक अनि पिडादायी रहेछ । भ्यालेन्टाईन स्पेशल कुराकानीमा आर्यनले आफ्नो विगतको प्रेम सम्झिए अनि भने प्रेम होस् त्यस्तो जुन सपनामा देखिएको जस्तो । दश बर्षअघि तत्कालिन राजा ज्ञानेन्द्रले 'कु' गरेको दिन देखि सुरू भएको उनको प्रेम यात्रा पाँच बर्षसम्म डिप भएर चल्यो ।
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने सिरिएल हाउसफुलका आर्यन माघ १९ गते पिकनिक जादै थिए जहाँ उनले आफ्नो फष्ट लभ भेटाएका थिए । पिकनिक जाने समयमा राजाको 'कु' को बिषयले राजनीतिक उथलपुथल भैदिदा उक्त पिकनिक बीच बाटोबाटै क्यान्सील भएपनि सो मितिदेखि ती युवतीसँग आर्यनको भेटघाट पाँच बर्षसम्म क्यान्सील भएन । पिकनिक जाने समयमा एक छिनको हेराहेरमा आर्यनको ती युवतीसँग फष्ट लभ पर्यो जुन लभलाई उनी अबिस्मरणीय भन्छन् ।
पिकनिक क्यान्सील भएपनि करिब पाँच बर्ष डेटिङ लाईफ र भ्यालेन्टाईन वीस गरेका आर्यनले आफ्नो फष्टलभसँग भ्यालेन्टाईन वीस नगरेको पनि पाँच बर्ष भैसक्यो । 'अहिले उनी आफ्नै घरसंसारमा रमाईरहेकी छिन् भ्यालेन्टाईन कुराकानीमा आर्यन फ्ल्यासब्याक प्रेममा फर्किए, 'त्यसपछी मेरो कसैसँग लभ परेको छैन । उसँगको जति माया सायद अरूसँग हुन सक्दैन होला । फ्ल्यास ब्याकमा भावुक हुँदै आर्यन थप्छन्, 'उनको बिषयमा मायाका परिभाषा पनि छैन मसँग ।'
यस्तै आर्यनले आफूहरूले कहिले पनि एकले अर्कालाई आई लभ यू नभनेको पनि बताए । 'साँचो प्रेमको लागि आई लभ यू भन्न जरूरी छैन त्यसैले पनि होला पाँच बर्षे त्यो यात्रामा कतिबेला डिप लभ पर्यो थाहै भएन', आर्यनले भने, 'हाम्रो डेटिङ पनि कहिलै भएन तर मलाई याद छ हाम्रो फष्ट डेटिङ उनलाई मैले न्यूरोड अफिसबाट घर सम्म छोडिदिएको थिए । तर छुट्टिने बेलाको लाष्ट डेटिङ कहिले भयो त्यो भने सम्झना छैन ।'
भर्खरै सुरू हुन लागेको आफ्नो करिअरको कारण उनलाई आफ्नो बनाउन नसकेको आर्यन बताउँछन् । 'तर खैर केही छैन भाग्यमा जे लेखिएको छ त्यहि पाईने हो । अब म दर्शकको प्रेममा पर्न चाहान्छु । त्यसैले पनि भ्यालेन्टाईनको आजको दिनमा म दिन भर दर्शक माझ हुनेछु ।' आर्यन अभिनित लभ स्टोरी सिनेमा 'आई एम सरी' शुक्रबार देखि रिलिज भएकाले मंगलबारको भ्यालेन्टाईन दर्शकमाझ वित्दैछ आर्यनको ।
अन्तमा आर्यन भन्छन्, 'सिनेमामै पर्सनल लाईफ वित्न लागिसक्यो त्यसैले अब नो लभ नो लफडा अनि नो टेनसन । ह्याप्पी भ्यालेन्टाईन डे अल अफ यू ।'

