
आधुनिकरणको विकाससँगै पश्चिमी सस्कृतिको प्रभावले गाजेको नेपालको मौलिक संस्कृतिलाई भ्यालेनटाइन डेले पनि निकै प्रभाव पारेको देखिन्छ । प्रेमिप्रेमिकाले उपहार साटासाट गर्ने र मन परेकाका मानिसलाई प्रेम प्रस्ताव राख्ने दिनको रुपमा यो दिनलाई लिईन्छ ।
नेपाली चलचित्र क्षेत्रमा क्रियाशिल चलचित्रकर्मीहरुले पनि फेब्रुवरी १४ अर्थात भ्यालेटाइन डेको दिनलाई निकै महत्वका साथ हेर्ने गरेको पाईन्छ । नेपाली चलचित्रका अविवाहित नायक नायिकाले भ्यालेटाइन डे अर्थात प्रेम दिवशलाई कसरी लिएका छन् र भ्यालेटाईन डेको गिफ्टको अनुभव,पहिलो डेट र यसका राम्रा र नराम्रा पक्षलाई कसरी हेरेका छन् त ? फिल्मीखवरका सहकर्मी सुमन वाग्लेले नेपाली चलचित्रका केहि अविवाहित नायक नायिकासँग गरेको कुराकानी यस प्रकार छ -
क्लासमेटले उपहार दिए - केकी अधिकारी (नायिका)
यसपालीको भ्यालेनटाइन योजना ?
त्यस्तो स्पेशल केहि छैन तर मेरो चलचित्र 'आई एम सरी' प्रदर्शनमा आएको छ । यसपालीको भ्यालेटाइन चलचित्र 'आई एम सरी' सँग...(लामो हाँसो)
भ्यालेनटाईन डे को दिनमा अहिलेसम्म कति चोटी प्रेम प्रस्ताव आए ?
धेरै पटक मेरा क्लासमेटहरूले मलाई माया गरेर उपहार दिए । गुलाफको फुल दिए मेरो करियरको सफलताको लागि ।
पहिलो डेटको अनुभव ?
डेट भनेको भेटघाट त हो नि ! साथी, घरपरिवारसँग सधैं डेट भईरहन्छ । तर त्यस्तो स्पेसल डेटको अनुभव छैन ।
भ्यालेटाइन डेको राम्रा र नराम्रा पक्षहरु ?
राम्रो तरिकाबाट मनाए राम्रै हुन्छ तर नराम्रो गरि चाहि मनाउनु हुन्न । भ्यालेनटाईनको नाममा छाडा बन्नु हुन्न ।
चाँगुनारायणको पुजा गरेर प्रेमको प्रार्थना गरे - एसराज गरच (नायक)
यसपालीको भ्यालेनटाइन डेमा के छ नयाँ योजना ?
केहि छैन । चलचित्र 'मायाको बारीमा' को प्रदर्शनको लागि दौडीराछु । चलचित्रको प्रमोशनका लागि दौडन परेकाले उनीसँग पछि भेटने वाचा गर्दै व्यस्त रहेको छु ।
पहिलो डेटको अनुभव ?
पहिलो चोटी हामी चाँगुनारायण मन्दिरमा भेटेका थियौं र पुजा गरेर हाम्रो सफल होस भनेर प्रार्थना गरेका थियौं ।
उनीबाट प्रस्ताव आएको की आफैले गरेको ?
उनीबाटै आएर मैले स्विाकारेको ।
भ्यालेटाइन प्रति तपाईंको धारणा ?
माया प्रेममा नै संसारमा अडेको छ । प्रेम गर्नु पाप होइन बरु धोका दिनु चाहि महापाप हो ।
प्रेम प्रस्ताव आउँदा चउरमा बसेर धुरुधूरु रोएँ- बेनिसा हमाल (नायिका)
यसपालीको भ्यालेनटाईन योजना के छ ?
साथी बाहिर भएकाले भ्यालेनटाईन योजना केहि बनाउने कुरै भएन । त्यसैले दिन भरी फोटो सुटमा व्यस्त हुन्छु ।
भ्यालेनटाइन डेको दिनमा प्रेम प्रस्ताव आएको सम्झना छ ?
म कक्षा नौमा पढेको बेला एक जना केटाले लभ लेटर र उपहार दिएको थियो ।
कस्तो अनुभव भयो ?
म त त्यो कुराले गर्दा कक्षामा बस्दै नबसी चउरमा बसेर धुरुधुरु रोएँ । पछि साथीहरुले सम्झाएर लगे ।
उसँगै तपाईको अफेयर अहिले पनि छ ?
उसँग त म त्यसपछि कहिलै बोलिन । मेरो व्यायफ्रेण्ड अर्कै हो । ऊ केहि समयपछि पछि फर्किन्छ ।
अन्तमा ?
सबैलाई ह्यापी भ्यालेटाइन डे अनि मेरो चलचित्र 'ज्यान हाजिर छ' र 'म अनि तिमी' आउदै छ हेरिदिनु होला !
सवै खाले प्रेम एकनाशे हुँदैनन् - विरेन श्रेष्ठ (नायक)
यसपालीको भ्यालेनटाईन योजना ?
खासै केहि छैन । चलचित्र 'मनले मनलाई छुन्छ' को लागि व्यस्त छु । चलचित्रको सबै प्राविधिक काम सकियो अव चलचित्र कस्तो बनेको छ भनेर यो दिनमा हेरिन्छ ।
यो दिन प्रेम प्रस्ताव कतिको आउने गरेको छ ?
भ्यालेनटाइन डेको दिनमा प्रेम गर्न र प्रस्ताव राख्न पर्छ भन्ने छैन । आफुलाई मन परेको केटा वा केटीलाई जुन बेलामा पनि प्रस्ताव राख्न सकिन्छ । चलचित्र सर्मपण प्रदर्शनमा आएको बेला धेरै प्रस्ताव आए तर मैले नकरात्मक रुपले कहिल्यै सोचिन । सबै खाले प्रेम एकनाशे हुँदैनन् ।
पहिलो डेटको अनभव ?
साथीभाई र घरपरिवारसँग सधैं डेट भईरहन्छ । त्यस्तो स्पेशल मान्छे कोहि छैन ।
भनेपछि तपाईको कोहिसँग पनि अफेयर चलेको छैन ?
छैन, अव चल्छ कि भन्ने आशा गर्न सकिन्छ । चलचित्रमा नै व्यस्त भएकाले प्रेमालाप गर्ने समय नभएको पनि हुन सक्छ ।
अन्तमा ?
यो पाश्चत्य संस्कृति भएकाले मनाउनै पर्छ भन्ने छैन । हतारमा प्रेम गरेर फुर्सदमा पछुताउनु भन्दा बेलैमा सोच विचार गर्नुहोला ।
उसँग डेट जान्छु तर बिहे गर्दिन - ममता प्रधान ( नायिका)
यसपालीको भ्यालेनटाइन योजना ?
खासै त्यस्तो त केहि छैन । उ र म कतै भेट्ने प्लान बनाएका छौं । सायद कतै भेटेर गफगाफ गरिन्छ होला ।
सधैंभरी गफगाफ मात्र कि बिहे पनि गर्ने ?
डेट उसँग गए पनि बिहे अर्कैसँग गर्छु ।
पहिलो डेटको अनुभव ?
बिर्सिसकें ।
भ्यालेनटाईन डेको दिनमा प्रस्ताव आए होलानी ?
म विराटनगरमा कक्षा ९ मा पढ्दा आएको थियो । उसले लेटर, रेड कलरको कार्ड मलाई उपहार दिएको थियो । त्यो बेला म निकै नै नर्भस भएर क्याल्स नै बंक गरेर हिडेकी थिएँ ।
अन्तमा ?
प्रेम गर्नुस् अनि हाँसी खुसी रहनुस् र मैले अभिनय गरेको चलचित्र 'काठमाण्डू' प्रदर्शन भईरहेको छ एक पतक हेरिदिनुस् ।