मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्कूलकी गर्लफ्रेण्डसँग अझै भेट हुन्छ : श्रीकृष्ण श्रेष्ठ

फिल्मीखबर, काठमाण्डौ, 2012/02/14

नौ कक्षा पढ्दा श्रीकृष्ण श्रेष्ठले पहिलो पटक लभलेटर लेखेका थिए जुन लेखाई उनको पहिलो र अन्तिम थियो । समकक्षीसँग प्रेममा चुर्लुम्म डुबेका श्रीले त्यसपछी भने कोही युवतीलाई प्रेम प्रस्ताव राखेनन् । बरू दर्जनौको संख्यामा उनलाई उल्टै प्रेम प्रस्तावहरू आए ।

 

कहाँ भेटिएला मार्फत आफैले डेब्यू गराएको हिरोईन स्वेता खड्कासँगको अफएयर गसिपमा परेका श्रीले यो बर्षको भ्यालेन्टाईन कसरी मनाउदैछन् भन्ने प्रश्न फिल्मीखबरले गर्न साथ उनले लामो उत्तर दिदै भने, 'मलाई भ्यालेन्टाईन भन्ने कल्चर मन पर्दैन । आफ्नो संस्कृति नभएर होला यस बिषयमा मेरो कुनै रूची छैन । बाँकी रह्यो स्वेता जी को कुरा, कागले कान लाग्यो भन्दैमा म कागको पछी दौडने ब्यक्ति हैन । त्यसैले उहाँको रिलेसन गसिप केबल पत्रकारको लेखाईमा मात्र सिमित हो ।' 

यस्तै श्रीले प्रेमको बारेमा फिल्मीखबरसँग केही खुलेर आफ्ना पूराना दिन सम्झिए । घर नजिकैको स्कुलमा पढ्ने क्रममा उनको नौ कक्षामा पढ्ने एक युवतीसँग गहिरो प्रेम परेको थियो । बाल उमेरको उक्त प्रेम अझै ताजा रहेको उनले बताए । उनले भने, 'अझै पनि उहाँसँग मेरो भेट भैरहन्छ तर देखादेख मात्र । जव हामीले एकअर्कालाई देख्छौ तव दुवैजना फ्ल्यासब्याकमा पुगेर एक पटक मुस्कुराउछौ । अहिले उहाँ परिपक्व भै घरजम गरिसक्नु भएको छ तर मेरो पालो कहिले आउने हो अझै थाहा छैन ।'

यो बर्षको भ्यालेन्टाईनको मौकामा फिल्मीखबरसमक्ष अतित सम्झिएका श्री मंगलबार दिनभर आफू अभिनित पछिल्लो चलचित्र 'मन पराएँ माया लाएँ' को डविङमा पुरै ब्यस्त रहने छन् । तर  भ्यालेन्टाईन मन नपराउने यि हिरोले माया गर्ने जोडीहरूलाई शुभकामाना दिएका छन् । फिल्मीखबर मार्फत  शुभकामाना दिदै उनले भने, 'भ्यालेन्टाईनलाई सकारात्मक रूपमा मनाउनु राम्रो हो तर भ्यालेन्टाईनको नाममा बिकृति चाहि नफैलिओस । ह्याप्पी भ्यालेन्टाईन !'