
युवतीहरूको पहिलो रोजाईमा पर्ने भुवन केसी यसपालि साच्चिनै ब्यस्त रहेछन् । होम प्रोडक्सनको फिल्म 'साथी म तिम्रो' रिलिज डेट नजिकिएपछी भुवनको आजकाल रातको निद्रा र दिनको भोक नै हराएको छ ।
छोरोअनमोलसंगै गलफ्रेण्डसंग डेटिङ जान पछि नपर्ने यि अचम्मका बाबु भुवनलाई यसपालिको भ्यालेनटाईनको रौनकले भने एक रत्ती छुन सकेन । भ्यालेनटाईन डेको पूर्वसन्धामा फिल्मीखबरसंगको विविध कुराकानीमा भुवनले भने, 'प्रमोशनको दौडधुपले गर्लफ्रेण्ड नै बनाउन भ्याईन के भ्यालेनटाईन मनाउनु ?'
पछिल्लो समय शर्मिला डङगोलसंगको अफएरले निकै तनाव झेलेका भुवन आजकाल शर्मिलाको कन्ट्याक्टमा छैनन् । छोरी काजोलको बिहे पश्चात ब्यबहारिक बाबु बनेका डिभोर्स म्यान भुवनले अब अर्को बिहे समेत नगर्ने बताए । 'सिनेमा रिलिज डेट नजिकिएकाले मेरो गर्लफ्रेण्ड भनेनि श्रीमती भने नि साथी म तिम्रो हो त्यसैले चाहेर पनि यसपालिको भ्यालेनटाईनमा म रमाउने छैन । बिहेको कुरा त गर्दै नगर्नुस्', उनले भने ।
भ्यालेनटाईनको रौनकमा नपर्ने भुवन मंगलबारको प्रेममय दिनमा 'साथी म तिम्रो' को प्रमोशनलाई लिएर अर्न्तवार्ता तथा अन्य पब्लीसीटिमा मात्र ब्यस्त रहने छन् । प्रतिक्षित सिनेमाको रूपमा हेरिएको 'साथी म तिम्रो' फागुन १९ देखि देशब्यापी प्रदर्शन हुदैछ ।