मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महिला क्रिकेट टोलीको 'काठमाण्डू' हेर्न सुझाव

फिल्मीखबर, काठमाण्डौ, 2012/02/13

दोस्रो सातामा मल्टिप्लेक्स हलहरूमा प्रदर्शन भईरहेको चलचित्र 'काठमाण्डू' लाई नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले चलचित्र हेर्न सुझाएका छन् । गलत संगतको परिणाम गलत नै हुन्छ भन्ने मुख्य थिम लिएर बनेको सो चलचित्रलाई महिला क्रिकेट टोलीले बिशेषगरी युवाहरूले चलचित्र हेर्नुपर्ने धारणा राखे ।

 

खेलमा आफ्नो जीवन समर्पित गरेका ति महिलाहरूले कमै मात्र नेपाली चलचित्र हेर्ने मौका पाउँछन् । सोही मौका छोपी उनीहरूले यहि साता 'काठमाण्डू' हेरेका हुन् । चलचित्र हेरिसके पछि टोलीले कथाबस्तुलाई बिशेष रूचायो । अझ बिशेषगरी एड्सको बिषय र महिला माथिको चित्रणलाई उनीहरूले बढि रूचाए । हरेक आमाबाबुले पनि एकपटक यो चलचित्र हेर्नु पर्ने उनीहरूको धारणा थियो ।

 

आकाश अधिकारी निर्देशित काठमाण्डू बिग सिनेमा, क्यूएफएक्स, गोपी, गुण, अष्टनारायण लगायतका मल्टिप्लेक्स हल सहित बिश्वज्योतीमा प्रदर्शन भईरहेको छ । राजधानी बाहिरको रिलिज डेट भने अझै टुंगो लागिसकेको छैन । निर्देशक अधिकारी छिट्टै नै राजधानी बाहिरका हलमा चलचित्र लाग्ने बताउँछन् ।