
फेरी पनि आर्यन अभिनित सिनेमा आई एम सरीले एक पटक ओपनिङ उत्साह जनक गरेको छ । के यो माया र मेरो लभ स्टोरीमा आर्यन क्रेजले जसरी ओपनिङ्गमा अब्बल तुल्याएको थियो सोही अनुरूप आई एम सरीको ओपनिङ उत्साह जनक भैदिदा चलचित्रका निर्माता हर्षित भएका छन् ।
सिनेममा डिष्टीब्यूटर भएर ५० लाख भन्दा बढि लगानी गरेका सुनिल मानन्धरले भ्यालेन्टाईन वीकलाई लछित गरी सार्वजनिक भएको आफ्नो सिनेमाले तीन दिनमा ५५ लाख ग्रस क्रस गरेको जानकारी गराए । सुटिङ १८ महिनासम्म लम्बिदा डेढ करोड बजेट छोएको उक्त सिनेमाको यो उत्साहले लगानीमा सेभ हुने सम्भावना बढाएको हो । तर नाफाकै बिषयमा अहिले नै भनिहाल्ने अवस्था छैन ।
आई एम सरी अहिले देशभरिका ५० बढी सिनेमा घरमा लागिरहेको छ । जस मध्ये काठमाण्डौ र पूर्वाञ्चलमा सवैभन्दा राम्रो ब्यापार भएको रिपोर्टहरू प्राप्त भएका छन् । यस्तै वितरक मानन्धरका अनुसार आई एम सरीले काठमाण्डौको बालाजुमा रहेको अष्टनारायण हलमा हाउसफूल जारी राखेको छ भने बिग सिनेमामा पनि दर्शक ओहिरिदा हल सञ्चालक दङ्ग छन् । यस्तै पछिल्लो समय पोखरामा रिलिज भएका सिनेमाको कलेक्सनमा आफूलाई अब्बल तुल्याएको छ ।
मानन्धरका अनुसार आहा गोल्डकप हुदा समेत शनिबार पोखराको हलबाट २ लाख २० हजार कलेक्सन हुनु राम्रो कुरा हो । यस्तै अफ डे आईतबार पनि आईएम सरी पोखराका दुईवटा हलबाट ५४ हजार कलेक्सन गरेको मौखिक विबरण आएका छन् । तर पश्चिमका केही स्थानमा बन्दको प्रभाव र राजधानीमा सिनेमा फ्लोसंगै आई एम सरी रिलिज हुदा हल अपुग भएको प्रति निर्माण यूनिट केही असन्तुष्ट छ ।
नोटः नेपालमा बक्स अफिसको व्यवस्था नभएकाले कलेक्सन रिपोर्ट मौखिक आधारलाई विश्वास मान्दै उल्लेख गरिएको हो ।