मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूर्वका दर्शकले घेरे केकीलाई

फिल्मीखबर, दमक, 2012/02/12
आई एम सरी ! आई  एम सरी ! आई  एम सरी !  भन्ने शब्द शनिबार दमक चलचित्र मन्दिर निकै गुञ्जायमान भयो । लाग्थ्यो त्यहाँ कसैले ठूलो गल्ती गरेर माफी मागिरहेको छ । तर कुरा त्यस्तो नभएर त्यहाँ चलचित्र 'आई एम सरी' हेर्न आउने दर्शकको आवाज थियो । शुक्रबारबाट प्रदर्शनमा आएको सो चलचित्रले पूर्वका हलमा राम्रै व्यापार गरिरहेको छ ।
 
 
इटहरी लिटल आइकनका लागि इटहरीमा निर्णायक भएर आएकी नायिक केकी अधिकारी यहि मौका छोपेर अफ्नो चलचित्र प्रबर्धनको लागि दमक आएकी थिईन् । बिहान करिब १० बजे दमक झरेकी केकी दमकमा रहेको पाथिभरा एफ.एम. मा अर्न्तवार्ता दिंदै आफू अभिनित चलचित्र राम्रो बनेको भन्दै सबै पूर्वेली दर्शकलाई एक पटक हेरिदिन आग्रह गरिन् । अर्न्तवार्ता लगत्तै दमक चलचित्र मन्दिरमा दर्शक सामु पुगेकी केकी दर्शकको भिड देख्दा उनि निकै हर्षित भइन्  । उनलाई सयौ दर्शकले घेरेका थिए ।
 
टिकटमा बिशेष सहुलियत दिएका कारण पनि दर्शकको ओइरो निकै थियो र केकीलाई अटोग्राफ दिन भ्याई नभ्याई थियो । दर्शक प्रति सम्बोधन गर्दै उनले चलचित्र र आफ्नो कामलाई रुचाईदिएकोमा आभार प्रकट गरेकी थिइन । दमकको भिड र प्रतिक्रियाबाट उत्साहित बनेकी केकी धरान पुगेपछि झन् हर्षित बन्न पुगिन । धरानको गणेश टाकिजमा दिउसो ३ बजेको सो हेर्न पुगेका दर्शक एक्कासी चलचित्रको नायिका देख्दा अच्चमित परे । धरानका दर्शकसंग झन्डै आधा घण्टा सम्म चलचित्र हेरेर उनि काठमाडौँ फर्कन बिराटनगर प्रस्थान गरेकी थिइन् । दर्शकको मायाले आफु माथि अझ राम्रो काम गर्ने जोश पलाएको प्रतिक्रिया केकीले दिईन् ।
 
 
चलचित्र प्रबर्धनको लागि नायिका केकी अधिकारी, निर्देशक दिनेश राउत, निर्माता हरि महत यति बेला चलचित्र प्रबर्धनको लागि दौड धुपमा छन् । तर यस चलचित्रक मुख्य पत्र नायक आर्यन सिग्देल भने सम्पर्क बिहिन भएर बसेका छन् । चलचित्र रिलिज अगाडी आर्यन निकै हौसिय पनि अहिले भने गुपचुप हुँद निर्मातालाई केहि समस्या आएको छ । चलचित्र बारे उनि संग बुझ्न खोज्दा उनको सबै मोबाइल नम्बर स्विच अफ छन् ।
 
जे होस् हाल नेपालका करिब ५० वटा हलमा प्रदर्शनमा आएको चलचित्र आई एम सरीले दर्शकको मन निकै नै जितिरहेको छ । चलचित्र पूर्वको गणेश टाकिज धरान, दमकको दमक चित्र मन्दिर र उर्लाबारीको भिलेज सिनेमा मार्फत प्रदर्शनमा आएको चलचित्रले ओपनिंग कलेक्सम राम्रो गरेको रिपोर्टहरु प्राप्त गरेको छ । झन्डै डेढ करोडको लगानीमा निर्माण भएको चलचित्रले पूर्वका हलहरुमा शुक्रबारबाट नै राम्रो दर्शकको साथ पाइरहेको छ  । शनिबार सम्पूर्ण हलको सोहरु हाउसफुल भएको थियो भने आइतबार पनि सो क्रमले निरन्तरता पाइरहेको छ  ।
 
धरानको गणेश टाकिजमा दसैं पछि चलचित्रले राम्रो कलेक्सन गरेको हल म्यानेजर भोलामान श्रेष्ठले बताए । चलचित्र यो शुक्रबारबाट बिर्तामोड लगायत अन्य स्टेसनबाट पनि प्रदर्शनमा आउने छ । संगै रिलिज भएको हिन्दि चलचित्र एक में और एक तु को व्यापारलाई समेत यो चलचित्रको ब्यापारले धरान, दमक लगायतका ठाउमा उछिनेको छ ।