मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 0.00/5.00)
Text size:-
+
-

डायस्पोरमा नयाँ स्वादको खोजी

फिल्मीखबर, काठमाण्डौ, 2012/02/12

नेपाली चलचित्र क्षेत्र र यसका काम गर्नेहरूका लागि खुसीको कुरा नै मान्नु पर्छ कि अब नेपाली चलचित्र पनि डास्पोरमा धमाधम रिलिज हुन थालेका छन् । केहि बर्ष अगाडी सम्म नेपालमा मात्रै सिमित भएको नेपाली चलचित्रको बजार अहिले डायस्पोरमा पुगेर फराकिलो भएको छ ।

 

बिदेशमा रहेका नेपालीहरूले नेपाली चलचित्र हेर्न धेरै इच्छा व्यक्त गरेपछि अहिले फिल्म मेकरहरूको नजर नेपाल भन्दा पहिला ग्लोबल मार्केटमा केन्द्रित हुन थालेको छ । त्यसैले पनि पछिल्लो समयमा नेपाली चलचित्रको प्रथम शो बिदेशबाट नै हुन थालेको छ । आफ्नो लगानी सुरक्षित गर्न निर्माताहरूको यो कदम सफल पनि हुँदै गएको । छोटो समयमा लिएको यो नेपाली चलचित्रको डायस्पोर मार्केटले भोलीका दिनमा अझै राम्रो गर्नेमा चलचित्रकर्मी बिश्वस्त छन् ।

 

गत शुक्रबार मात्र कतारको दोहामा 'मिस यू' चलचित्र रिलिज पछि आएको प्रतिक्रिया अनुसार दर्शकहरू नयाँ स्वादको चलचित्र हेर्न चाहन्छन् । त्यसैले पनि यस अघिका चलचित्र भन्दा 'मिस यू' हेर्न आउने दर्शकको संख्या बढि थियो । चलचित्र 'मिस यू' हेरि सकेपछि दर्शकहरूले 'मिस यू' जस्ता चलचित्र हेर्न आफूहरू इच्छुक रहेको प्रतिक्रिया दिए । दर्शक मध्येका एक गोबिन्द कार्कीले भने, 'मिस यू हेर्न पाएकोमा म निकै खुसी छु । यस्तै नयाँ नयाँ टेस्टमा चलचित्र आगामी दिनमा हेर्न पाईयोस् ।'

 

मिस यू मात्र हैन नेपालमा चर्चामा रहेको लूट हेर्न पनि दर्शक निकै उत्सुक छन् ।  नेपाली चलचित्रलाई डायस्पोरमा रिलिज गर्ने काम गरिरहेका शैलेन्द्र कठायत भन्छन्, 'अब हामीले चलचित्र रिलिज गर्दा यहाँको दर्शकको डिमाण्डलाई आधार मानेर गर्नुपर्छ नत्र व्यापार घाटामा जाने दुई मत छैन ।' मिसायूबाट दर्शकको राम्रो प्रतिक्रिया पाएपछि शैलेन्द्रले आउँदो शुक्रबार पनि अर्को शोको आयोजना गर्दैछन् ।  मिस यू मात्र हैन अष्ट्रेलियामा लूट  र केहि देशमा प्रदर्शनमा आईसकेका सायद, काठमाण्डू जस्ताको दर्सक प्रतिक्रियाले पनि अबका दर्शकहरू कस्तो चलचित्र चाहन्छन् भन्ने कुराको पुष्टि गरिदिएको छ ।