मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साथी म तिम्रो टाईटल गीत सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/02/12

रिलिज काउन्टडाउन तिब्रतासंगै भुवन केसीले होम प्रोडक्सनको पाँचौ फिल्म 'साथी म तिम्रो' को टाईटल गीतलाई फिल्मीखबर मार्फत वर्ल्ड प्रिमियर गरेका छन्  ।

शिव रेग्मी निर्देशित चलचित्रको सार्वजनिक गीतमा रेखा थापासंग भूवनले रोमान्स गरेका छन् ।  गीतमा  शम्भुजीत बास्कोटाले संगीत भरेका हुन् । फागुन १९ को रिलिज डेट टार्गेट भुवनको यो सिनेमालाई पनि प्रतिक्षित  सिनेमाको रूपमा हेरिएको छ । चलचित्रमा बाबु छोराको कहानी प्रस्तुत गरिएको बताईएको छ । जहाँ पाँच बर्षे बालक शिर्षक सापकोटालाई रिष्क मोल्दै भुवनले उनलाई सिनेमाको हिरो बनाएका छन् ।

 

शिर्षकले यस अघि सार्वजनिक सिनेमाको प्रोमोबाट दर्शकको मन जित्न सफल भैसकेकाले भुवनले सिनेमासंगै राम्रा कलाकारलाई समेत दर्शक माझ परिचित गराउछन् भन्ने अर्को धन्यबाद सिनेकर्मीबाट पाईसकेका छन् । शिर्षक संगीतकार चेतन सापकोटाको एक मात्र छोरा हुन् । शिर्षकलाई भूवनले आफ्नो सिनेमाको हिरो आफू नभई उनी भएको बताएका छन् ।

 

हेरौं टाईटल गीतमा कस्तो छ भुवन र रेखाको रोमान्स ।