मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 0.00/5.00)
Text size:-
+
-

अञ्जुसंग राजेश पायलको मित्रता सकियो !

फिल्मीखबर, काठमाण्डौ, 2012/02/11

सागर सरी चोखो माया तिमीलाई दिउँला...

 
शिलशिला फिल्ममा अञ्जु पन्त र राजेशपायल राईले गाएको यो गितमा आधारित भएर अब उनीहरूको मित्रतालाई ब्याख्या गर्ने हो भने सागर सरी उनीहरूको मित्रता अब खोल्सोमा परिणत भएको छ ।
 
हुन त ओरालो लागेको मृगलाई बाच्छाले समेत  खेद्छ भन्ने उखान  अहिले अञ्जुको हकमा पनि लागू हुन्छ सायद त्यहि भएर राजेशपालले फोन संवादमा कसैसंग ब्यग्य हान्दै भन्दै थिए, 'अञ्जु जस्तो ठूलो मान्छेले अब हामी जस्तो सानो तिनो मान्छेसंग कहाँ गाउनु हुन्छ र ?'  पछिल्लो समय श्रीमानसंगको डिभोर्स पश्चात सुस्ताएकी कोकिल कण्ठी अञ्जु र राजेश पायलले दर्जनौको संख्यामा गीत गाए र त्यतिकै मात्रामा स्टेज पर्फमेन्स र विदेशी डायस्पोरा तताए । तर पछिल्लो समय  उनीहरूको गाडा मित्रतामा धमिलो पना आएको देखिएको छ । 
 
शनिबार साँझ कमलपोखरी  स्थित म्यूजिसियन रेकर्डिङ स्टूडियोमा भेटिएका राजेशपायलले कुनै महोत्सव आयोजकसंग फोनमा संवादमा कुरा गर्दा अञ्जुसंग उनको मित्रता धमिलिएको थाहा भएको हो । फोन संवादमा लाग्थ्यो राजेशपायल अञ्जुसंग असन्तुष्ट छन् र सोही कारण आयोजकलाई उनले अञ्जुसंगको गाउने संयूक्त प्रयासलाई घुमाउरो ढङ्गमा इग्नोर गरिदिएका हुन्
 
राजेश र अञ्जुले हाल सम्म करिब दुई दर्जन चलचित्रमा संयूक्त स्वर दिईसकेका छन् । भोकल किङ राई  र अञ्जुको डिमान्ड पनि अर्न्तराष्ट्रिय स्तरमा ज्यादा भईरहदा अचानक राईले अञ्जुको प्रतिको त्यस्तो टिप्पणी फोनमा गर्दा उनीहरूको मित्रतामा केही खटपट भएको अनुमान लगाउन सकिन्छ । 
 
राजेश पायल आजकाल प्रविशा अधिकारीसंग सिनेमा गायनमा ब्यस्त छन् । यस्तै राई आजकाल परिवर्तन पनि भएका छन् । करिब दुई  साता सम्म महानायक राजेश हमालको संगतमा पर्दा उनले कसरी बोल्ने, कस्तो खाने, मानिसहरूलाई कसरी ट्रीट गर्ने भन्ने बिषयको पनि राम्ररी जानकारी लिएका छन् । दमक देखि भारतको मेघालयसम्म कर्न्र्सटमा सहभागी मितज्यूसंगको संगतले राई परिवर्तन भएका हुन्
 
आजकाल उनी आफ्नो भोलामा धर्मका ग्रन्थ समेत बोकेर हिड्ने गरेको छन् । 'मितज्यूसंगको संगतले मैले धेरै कुरा सिक्ने मौका पाए त्यसैले एक शब्दमा भन्नु पर्दा एउटा कितावको ठेली बराबरको नयाँ कुराहरू मैले उहाँबाट पाए', राईले हमालसंगको दुई साता संगतको अनुभव सुनाए । सायद त्यहि भएर पनि होला महिलासंग फ्यामेलियर नहुने हमालको संगतले राईलाई पनि प्रभावित बनाएको र मिल्ने साथी अञ्जुसंग उनी टाढिन खोजेको