
पछिल्लो समयमा विभिन्न विषयबस्तु प्रति केन्द्रित चलचित्रहरु प्रदर्शनमा आइरहेका छन् । मुलधारका नेपाली चलचित्रहरु भन्दा फरक कथावस्तु भएका चलचित्रले क्रमश दर्शकको मन जित्दै गएको पनि पाइन्छ ।
चलचित्र काठमाण्डू प्रदर्शनमा आउनु अघि निकै नै प्रचार प्रसार गरिएको थियो । राजधानीका विभिन्न कलेजहरुलाई सहभागी गराएर चलचित्रको विषयवस्तुसँग मेल खाने नाटक प्रतियोगिता समेत आयोजना गरि उत्कृष्ट नाटकलाई पुरस्कृत गरिएको थियो । यसो त चलचित्र काठमाण्डू प्रदर्शनमा आउनु भन्दा अगाडि देखि नै युवावर्गको सहभागीता रहेको देखिन्छ । राजधानीका १६ वटा सिनेमा भवनहरुमा एकसाथ प्रदर्शनमा आएको चलचित्र काठमाण्डूले क्रमिक रुपमा दर्शकको सहभागीता बढ्दै गएको पाईएको छ ।
हिजो मात्रै त्रिभुवन विश्वविद्यालयका विभिन्न सकांयमा अध्ययनरत विद्यार्थी र प्रोफेसरको टोली काठमाण्डू हेर्नका लागि गुण सिनेमा भवन सम्म पुगे । युवावर्गसँग मेल खाने कथावस्तु रहेकोले चलचित्र हेर्न आएको सो टोलीमा सहभागी स्नातकोत्तर अंग्रेजी संकायमा अध्ययन गरिहेका विमल अधिकारीले जानकारी दिए । करिब ५० जना को समुहले सो चलचित्र हेरेका थिए । नेपाली चलचित्रले युवा वर्गको मन जित्न सकेको छैन भन्ने गलत अर्थ लागिरहेको बेला चलचित्र काठमाण्डू हेर्न ति विद्यार्थी हलसम्म पुगेका थिए ।
'चलचित्र युवादेखि अभिभावक सम्मले काठमाण्डू हेरेर मन पराई दिएकाले निकै उत्साहित छु', निर्देशक अधिकारीले फिल्मीखवरसँग भने । निर्देशक अधिकारीले दिएको जानकारी अनुसार चलचित्रले राजधानी सिनेमा भवनहरुबाट मात्रै छैठौं दिनमा ३५ लाख ग्रस कलेक्शन गरेको छ । सिनेमा भवनहरुमा पहिलो हप्ता पार गरि दोस्रो हप्तामा प्रवेश गरेका चलचित्र काठमाण्डू राजधानी बाहिर भने फागुनमा प्रदर्शनमा आउने चलचित्रका निर्माता बेन नविन अधिकारीले फिल्मीखवरलाई जानकारी दिए ।
चलचित्र हेर्न नै लागि विभिन्न कलेज देखि अभिभावकलाई हलसम्म तान्न खोज्नु चलचित्र काठमाण्डूको सबल पक्ष रहेको छ । राजधानीका सवै दर्शकहरुले क्रमिक रुपमा चलचित्र काठमाण्डू हेरिरहेको बेला राजधानी बाहिरका दर्शकले यो चलचित्रलाई कत्तिको रुचाउलान् हेर्न बाँकी छ ।