मिति : २०८२ ज्येष्ठ १७, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कतारमा 'मिस यू' को सफल प्रिमियर

बिएच राना, दोहा, 2012/02/11

बहुप्रतिक्षित चलचित्र 'मिस यू' लाई कतारवासी नेपालीले पहिलो पटक अवलोकन गर्ने मौका पाए । शुक्रबार दिउँसो गरिएको प्रिमियर समारोहमा उपस्थित दर्शकले चलचित्र हेरी सकेपछि राम्रो लागेको प्रतिक्रिया दिए ।

 

दर्शकले खचाखच भरिएको कतारको दोहा स्थित गल्फ सिनेमा हल बेला बेला सिठ्टी, ताली र सुटिङले गुञ्जायमान हुन्थ्यो । नायिका नम्रता श्रेष्ठको करिब तीन बर्ष पछिको कमव्याकलाई दर्शकले निकै रूचाए । 'मिस यू' हेरेर हल बाहिर निस्केका दर्शकले फिल्मीखबरसँग कुरा गर्दै चलचित्रको साधारण कथाबस्तुलाई राम्रो किसिमले प्रस्तुत गरेको शैली मन परेको बताए । उनीहरूले गीत र कलाकारको अभिनय अनि लोकेशनलाई बिशेष आकर्षणको रूपमा लिए । यस अघि कतारमा थुप्रै चलचित्र रिलिज भए पनि 'मिस यू' अहिले सम्मकै सफल प्रिमियर भएको आयोजक सहित कतारवासी नेपालीहरूको भनाई थियो ।

 

चलचित्रलाई कतार रिलिजको जिम्मा लिएका शैलेन्द्र कठायतले दर्शकको राम्रो प्रतिक्रिया पाएकाले दोस्रो शो गर्ने मनस्थितीमा पुगेको बताए । उनले भने, 'दर्शकको प्रतिक्रिया पाएर म निकै उत्साहित भएको छु । अब छिट्टै नै दोस्रो शोको डेट घोषणा गर्नेछौं ।' यस्तै प्रिमियरका लागि नेपालबाट कतार आएका फिल्मीखबर डटकमका प्रधानसम्पादक सुमन गैरेले दर्शकहरूको राम्रो प्रतिक्रिया पाएकोमा खुसी व्यक्त गर्दै भने, 'यसैगरी दर्शकको साथ मिल्दै गएमा कतार नेपाली चलचित्रको व्यवसायका लागि पहिलो रोजाईको देश बन्न सक्छ ।'

 

कतारमा पहिलो स्क्रिनिङ गरिएको चलचित्र 'मिस यू' को नेपाल प्रिमियर भ्यालेनटाईन डेका दिन गरिने तयारी गरिंदैछ । सुरेश दर्पण पोखरेलको निर्देशनमा निर्माण भएको सो चलचित्र नेपालमा फाल्गुन ५ गते देशभरका हलमा लाग्दैछ । नायक दिलिप रायमाझीले निर्माण गरेको सो चलचित्रमा दिलिपको साथमा नम्रता श्रेष्ठ र बरूण राणाको मुख्य भुमिका रहेको छ ।